लाम्रीगाउँमा ५८ किलोवाट विद्युत् निर्माण हुँदै « Khabarhub

लाम्रीगाउँमा ५८ किलोवाट विद्युत् निर्माण हुँदै


२९ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला– जुम्लाको सदरमुकाम खलङ्गादेखि पूर्वी भेगमा पर्ने पातारासी गाउँपालिका–४ लाम्रीगाउँमा ५८ किलोवाट विद्युत् निर्माण हुँदैछ । वैशाखभित्र गाउँमा बिजुली झिलीमिली गर्ने गरी निर्माणाधीन विद्युत्को कामलाई तीव्रता दिइएको छ । आर्थिक वर्ष २०७१/७२ बाट विद्युत्को निर्माणकार्य शुरु गरिएको हो ।

लाम्रीगाउँकी स्थानीय रामतुला बुढाले भने, “घरमा बिजुली बालौंला भन्दै अहिले तीन वर्ष बित्यो, अझै वैशाखमा बल्ने भन्ने छ तर काम बाँकी छ । यो भन्दा पहिला दियालोबाट दिन गुजारियो, हाम्रा दिन अँध्यारोमै बिते, अब बालबच्चालाई पढ्न लेख्न सहज होस् भनेर सबै हामी स्थानीयवासी लागिपरेका छौँ ।”

रकम अभावले लम्बिएको विद्युत् निर्माणकार्यले वैशाखभित्र पूर्णता पाउने साना लद्युजलविद्युत् विउरेनी उपभोक्ता समितिका अध्यक्ष कृष्णबहादुर बुढाले बताए । उनले भने, “एक नहर (कुलो)बाट विद्युत् उत्पादन पनि हुने र त्यसैबाट सिँचाइको काम पनि हुने गरी आयोजना निर्माण गरिएको हो ।” रु तीन करोड लागतको प्राविधिक अनुमानमा निर्माणकार्य थालनी गरिएको बहुउद्देश्यीय आयोजना साढे दुई वर्षमा निर्माणकार्य सम्पन्न हुनुपर्ने भएपनि बजेट अभावका कारण अहिलेसम्म लम्बिएको उनको भनाइ छ ।

उपभोक्ता समितिले बजेट जुटाउँदै काम गरेको उनले बताए । तत्कालीन डिल्लीचौर गाउँ विकास समितिको कर्णाली रोजगार कार्यक्रमअन्तर्गत रु २० लाख बजेटबाट विद्युत् र सिँचाइ हुने गरी काम शुरु गरिएको हो । सांसद विकास कोषबाट रु ३० लाख, गैरसरकारी संस्था सूर्य सामाजिक सेवा सङ्घ (फोरएस) जुम्लाबाट रु २० लाख, पातारासी गाउँपालिकाबाट रु ७५ लाख बजेट गरी रु एक करोड ४० लाख बजेट जुटाएर काम भएको उपभोक्ता समितिका अध्यक्ष बुढाले बताए । तिर्खु लाम्री, डिल्लीचौर जम्न गरी चार गाउँको करीव ५०० घरधुरीमा बिजुली पुर्‍याउने आयोजनाको उद्देश्य रहेको छ ।

बजेट अभावले ट्रान्समिटर र अन्य केही विद्युत् सामग्री खरीद गर्न बाँकी नै छ । गाउँपालिकाले आयोजना निर्माणका लागि लगानी गर्ने आश्वासन दिएको छ । त्यसै रकमबाट बाँकी विद्युत् सामग्री खरीद गर्ने योजना रहेको उपभोक्ता समितिका अध्यक्ष बुढाको भनाइ छ ।

प्रकाशित मिति : २९ चैत्र २०७५, शुक्रबार  १० : ४१ बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह