आठौं राष्ट्रिय खेकलकूद–आज नौ खेल हुने « Khabarhub

आठौं राष्ट्रिय खेकलकूद–आज नौ खेल हुने


२९ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

प्रदेश नं ५ मा जारी आठौँ राष्ट्रिय खेलकूदअन्तर्गत आज नौ खेलमा प्रतिस्पर्धा हुँदैछ । आज हुने खेलमध्ये दुई खेल शुरुआती चरणको हुनेछ भने बाँकी पाँच खेल बुधबार र दुई खेल बिहीबारबाटै शुरु भइसकेको छ ।

आज बक्सिङ र बुद्धिचाल खेलको शुरुआत हुँदैछ । बाँकेको नेपालगञ्जमा बक्सिङ र बर्दियाको ठाकुरद्वारमा बुद्धिचालको प्रतिष्पर्धा हुने राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले जनाएको छ ।

आजै दाङको घोराही कभर्ड हलमा टेबलटेनिस, बास्केटबल, कपिलवस्तुको सिद्धार्थ क्याम्पसमा कुस्ती, नेपालगञ्जको मङ्गलप्रसाद उच्च माविमा पुरुष हक्की, नेपालगञ्जको कभर्ड हलमा फेन्सिङ, ललितपुरको सातदोबाटोमा स्क्वास र बुटवलमा लनटेनिस हुनेछ ।

आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताको औपचारिक उद्घाटन भने आगामी वैशाख ५ गते हुनेछ । उद्घाटनअघि विभिन्न १४ खेलको राष्ट्रिय प्रतियोगिता सम्पन्न भइसक्ने छ । उद्घाटनअघि सकिने खेलमा बक्सिङ, कबड्डी, जुडो, बास्केटबल, बुद्धिचाल, फुल कन्ट्याक्ट कराँते, साइक्लिङ, फेन्सिङ र गल्फ रहेका छन् ।

आठौँ राष्ट्रियमा विभिन्न ३५ खेल समावेश छन् । बृहत् राष्ट्रिय खेलकूदकै इतिहासमा प्याराग्लाइडिङ खेल पहिलोपटक समावेश गरिएको छ भने एनआरएनए टोली पनि पहिलोपटक सहभागी हुँदैछ । प्रतियोगितामा महिला पुरुष गरी पाँच हजार २११ खेलाडीले ३७२ स्वर्ण, त्यति नै रजत र ५६३ कास्य पदकका लागि प्रतिष्पर्धा गर्नेछन् ।

प्रकाशित मिति : २९ चैत्र २०७५, शुक्रबार  ११ : ०६ बजे

पार्टी भित्रको मतभेद अन्त्य गर्दै ‘देश र कांग्रेस जोड्ने अभियान’ घोषणा (तस्बिरहरू)

काठमाडौं–  नेपाली कांग्रेसका नेताहरूले पार्टीभित्र बढ्दो मतभेद अन्त्य गर्दै संगठनलाई

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

बोगोटा– पेरुको नाज्का सहरनजिक शनिबार युरोपेली पर्यटक बोकेको एउटा विमान

गोठाटारमा आगलागी : १४ वटा पसल जले, एक जना घाइते

काठमाडौं– काठमाडौको गोकर्णेश्वर नगरपालिका वडा–५, गोठाटार पहेँलो पुल नजिकै गएराति

 २४ घण्टामा विपद्का घटना : एक जनाको मृत्यु, २० घाइते

काठमाडौं– मनसुनजन्य विपद्का कारण पछिल्ला २४ घण्टामा एक जनाको मृत्यु भएको

काठमाडौंमै लुटेराले प्रहरीमाथि हाने खुकुरी

काठमाडौं– नागरिकको जीउधनको सुरक्षा गर्न खटिएका प्रहरीमाथि खुकुरी प्रहारको प्रयास