ओली–प्रचण्डबीच बालुवाटारमा वार्ता « Khabarhub

ओली–प्रचण्डबीच बालुवाटारमा वार्ता


२२ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार पुगेका छन् ।

दुई अध्यक्षबीच समसामयिक विषयमा छलफल हुने प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए ।

ओली र प्रचण्डले केही समययता मन्त्रिपरिषद् पुनर्गठनका लागि छलफल गरे पनि निष्कर्षमा पुगेका छैन। मन्त्रिपरिषद् पुनर्गठन अनिश्चितसमेत बनेको छ। मन्त्रिपरिषद् पुनर्गठन दशैंतिहार अघि हुने सम्भावना कम भएको नेताहरुले बताउन थालेका छन्।

त्यस्तै पार्टी एकताका बाँकी कामका विषयमा पनि आज छलफल हुने बताइएको छ। अत असोज ६ गते बसेको सचिवालय बैठकले एकताका काम १० दिनभित्र सक्ने गरी प्रस्ताव ल्याउने जिम्मा अध्यक्षद्वय र महासचिवलाई दिएको थियो। तर, उक्त प्रस्ताव तयार भइसकेको छैन।

प्रकाशित मिति : २२ आश्विन २०७७, बिहीबार  १२ : ०५ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै