सोमबार १८ अर्ब २५ करोड बराबरको ट्रेजरी बिल बिक्री हुने | Khabarhub Khabarhub

सोमबार १८ अर्ब २५ करोड बराबरको ट्रेजरी बिल बिक्री हुने


२५ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल राष्ट्र बैंकले सोमबार रु १८ अर्ब २५ करोडबराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ ।

केन्द्रीय बैंकले बिक्री गर्न लागेकोमध्ये रु तीन अर्बको ट्रेजरी बिल भने नयाँ हो भने रु १५ अर्ब २५ करोड बराबरको ट्रेजरी बिल भने नवीकरण गर्न लागिएको हो ।

बैंकले कूल ३६४ दिने अवधिका लागि उक्त ट्रेजरी बिल बिक्री गर्न लागेको सूचनामा उल्लेख छ । बैंकका अनुसार रु तीन अर्बबराबरको नयाँ र रु १५ अर्ब २५ करोडबराबरको नवीकरण गर्न लागिएको ट्रेजरी बिल २०७८ असोज २६ गते परिपक्व हुनेछ ।

सो ट्रेजरी बिल बोलकबोल विधिमार्फत बिक्री गरिनेछ । यस्तै केन्द्रीय बैंकले यही असोज २० गते रु १० अर्ब बराबरको विकास ऋणपत्र बोलकबोल गरेको थियो ।

प्रकाशित मिति : २५ आश्विन २०७७, आइतबार  ९ : ०२ बजे

रिब्दीकोटका किसानले अकबरे खुर्सानी बिक्री गरेर दसैँतिहार मनाए

पाल्पा – यहाँको रिब्दीकोट गाउँपालिका फेकका जितबहादुर छहरीले अबकरे खुर्सानी

आहारको व्यवस्थापनले गिद्धको आगमन बढ्दै

तनहुँ – जिल्लाको व्यास नगरपालिका-१० दुम्सी सिशुवा भतेरीस्थित शिवालय गौ

तोडफोड र आगजनीमा संलग्नलाई सार्वजनिक गर्नुपर्ने एमालेका युवा माग

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले) का युवा नेताहरूले गत

ओली निवास निर्माणका लागि चन्दा उठाइँदैन : महेश बस्नेत

काठमाडौं – नेकपा (एमाले) नेता महेश बस्नेतले पूर्वप्रधानमन्त्री तथा पार्टी

इयूले चिनियाँ दुर्लभ खनिजमाथिको निर्भरता अन्त्य गर्ने

बर्लिन – बेइजिङले धेरै प्रमुख क्षेत्रमा आवश्यक खनिज निर्यातमा थप