कर्णाली प्रदेशमा नेकपाका दुवै पक्षले बोलाए संसदीय दलको बेग्ला बेग्लै बैठक « Khabarhub

कर्णाली प्रदेशमा नेकपाका दुवै पक्षले बोलाए संसदीय दलको बेग्ला बेग्लै बैठक


२७ आश्विन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध आफ्नै पार्टीका सांसद्हरूले अविश्वासको प्रस्ताव ल्याएपछि नेकपाभित्रको आन्तरिक विवाद बढेको छ ।

आन्तरिक विवाद बढेपछि तत्कालीन प्रमुख सचेतक र नयाँ प्रमुख सचेतक दुवै जनाले संसदीय दलको बैठक बोलाएका छन् । दलका नेताविरुद्ध सत्तापक्षकै सांसदहरुले अविश्वासको प्रस्ताव दर्ता गरेसँगै दलको बैठक पनि दुवै पक्षले छुट्टाछुट्टै बोलाएका हुन् ।

प्रमुख सचेतक गुलाबजंग शाहले १ बजे संसदीय दलको बैठक बोलाएका छन् । तर मुख्यमन्त्री शाहीले उनलाई जिम्मेवारीबाट हटाउँदै सीता नेपालीलाई प्रमुख सचेतक नियुक्त गरेका छन् ।

प्रमुख सचेतक नियुक्त भएपछि नेपालीले पनि मंगलबारकै लागि संसदीय दलको बैठक बोलाएकी छिन् । अविश्वासको प्रस्ताव ल्याउने सांसदहरूले भने शाहकै अध्यक्षतामा बैठक बस्ने र निर्णय गरिने बताउँदै आएका छन् ।

गत आइतबार नेकपाका ३३ जना सांसदमध्ये १८ जनाले मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।

कर्णाली प्रदेशमा तत्कालीन नेकपा एमालेका एमालेका २०, तत्कालीन माओवादी केन्द्रका १३, कांग्रेसका ६ र राप्रपाका १ गरी ४० जना सांसद छन् ।

प्रकाशित मिति : २७ आश्विन २०७७, मंगलबार  १ : २८ बजे

रवि–बालेन भेटवार्ता : सुकुमबासी व्यवस्थापनदेखि सरकारको कार्यसम्पादनबारे छलफल

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

मोदी खोलाको बाढीले घर र रेष्टुरेन्ट बगायो

कास्की – कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित किम्रुङ खोलामा आज आएको

झापामा मुन्द्रा लुट्ने एक जना पक्राउ

झापा – झापामा विद्यालयमा पुगेर बालबालिकालाई फकाइ–फुल्याइ कानको मुन्द्रा लुटेको

मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द

पर्वत – कास्की र पर्वत हुँदै बग्ने मोदीखोलामा आएको बाढीले