नवनियुक्त मन्त्रीहरूको सपथग्रहण विहीबार  | Khabarhub Khabarhub

नवनियुक्त मन्त्रीहरूको सपथग्रहण विहीबार 


२८ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नवनियुक्त मन्त्रीहरूको सपथग्रहण विहीबार (भोलि)  हुने राष्ट्रपति कार्यालयले जनाएको छ ।

कार्यालय स्रोतका अनुसार पुनर्गठनमा परेका नयाँ मन्त्रीहरूले विहीबार सपथग्रहण गर्नेछन् ।

मन्त्रीमण्डल पुनर्गठनका क्रममा उपप्रधानमन्त्रीसमेत रहेका ईश्वर पोखरेललाई रक्षामन्त्रीको जिम्मेवारीबाट मुक्त गर्दै प्रधानमन्त्री ओलीले उक्त मन्त्रालय आफै राखेका छन् ।

पोखरेललाई उपप्रधानमन्त्रीको जिम्मेवारीबाट भने मुक्त गरिएको छैन । यसक्रममा अर्थमन्त्रीको जिम्मेवारी नेकपा महासचिव विष्णु पौडेलले पाएका छन् ।

यसैगरी कृष्णगोपाल श्रेष्ठलाई शहरी विकास मन्त्री र लिलानाथ श्रेष्ठलाई महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री नियुक्त गरिएको छ ।

महिला बालबालिका मन्त्रालयमा रहेका पार्वत गुरुङले भने सञ्चार मन्त्रीको रूपमा जिम्मेवारी पाएका छन् ।

प्रकाशित मिति : २८ आश्विन २०७७, बुधबार  ६ : ३८ बजे

मौसम परिवर्तनसँगै फ्लुका बिरामी बढे : मास्क लगाउन चिकित्सकको सुझाव

काठमाडौं – भर्खरै पानी पर्ने मौसमबाट सुख्खा मौसमको सुरु हुँदैछ।

संसदीय सुनुवाइ समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गतको संसदीय सुनुवाइ समितिको बैठक आज बस्दैछ

विश्वकप लिग–२ : आज नेपाल र ओमानबीच प्रतिस्पर्धा 

काठमाडौं– आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज नेपाल र ओमानबीच

शरदयाममा १४ जनालाई धवलागिरि हिमाल आरोहणको अनुमति

म्याग्दी– यस वर्षको शरदयाममा म्याग्दीस्थित धवलागिरि हिमाल आरोहणका लागि १४

खोटाङमा चल्ने सार्वजनिक यातायातमा टिकट अनिवार्य

खोटाङ– सार्वजनिक सवारीसाधनले यात्रुबाट बढी भाडा लिने गरेको जनगुनासो आएपछि