शान्तिपूर्ण प्रदर्शनमा प्रहरी हस्तक्षेप भएको भन्दै कांग्रेसद्वारा भर्त्सना « Khabarhub

शान्तिपूर्ण प्रदर्शनमा प्रहरी हस्तक्षेप भएको भन्दै कांग्रेसद्वारा भर्त्सना


२८ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सर्लाहीमा बुधबार भएको शान्तिपूर्ण विरोध प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको भन्दै नेपाली कांग्रेसले भर्त्सना गरेको छ ।

सर्लाहीको रामनगर गाउँपालिका–७ का महेन्द्र रामको हत्यारालाई कारबाही गर्नुपर्ने माग राख्दै गरिएको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले लाठी चार्ज र अश्रुग्यास प्रहार गरेको भन्दै कांग्रेसले विज्ञप्ति जारी गरेर घटनाको घोर निन्दा र भर्त्सना गरेको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘मृतकका तर्फबाट जाहेरी दरखास्त दर्ता गराउन जिल्ला प्रहरी कार्यालय जाँदा सुरक्षाकर्मीको लाठी प्रहारबाट मृतककी श्रीमती, भाइ एवं अन्य ३ महिला समेत घाइते भएका छन् ।’

प्रहरीले संघीय संसदका सदस्यद्वय नागेन्द्रकुमार राय र डा. अमरेशकुमार सिंह, प्रदेश सांसदद्वय उपेन्द्र कुशवाहा र वीरेन्द्रप्रसाद सिंहमाथि दुर्वयवहार गरेको कांग्रेसको आरोप छ ।

पक्राउ परेका व्यक्तिहरुलाई अविलम्व रिहाइ गर्न, मृतकका परिवारको जाहेरी दर्ता गर्न, पीडित परिवारलाई न्याय दिन र आवश्यक क्षतिपूर्तिको व्यवस्था गर्न कांग्रेसले सरकारसँग माग समेत गरेको छ ।

प्रकाशित मिति : २८ आश्विन २०७७, बुधबार  १० : ३० बजे

कर्णाली प्रदेशसभा : ३५ अर्ब ३९ करोड बजेट प्रस्तुत

कर्णाली – कर्णाली प्रदेश सरकारले राजस्व र व्ययको वार्षिक अनुमानसहितको

हराएका सीमा स्तम्भ खोजी गरी पुनःस्थापना गरिने

कञ्चनपुर – नेपाल–भारत सीमा समन्वय समितिको बैठक यहाँ सम्पन्न भएको

परराष्ट्रमन्त्री खनाल र सिपिसीका नेता लिउबीच भेटवार्ता

काठमाडौं – चीनको औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री एवं राष्ट्रिय स्वतन्त्र

सांसद खुश्बु ओलीको चरित्र हत्या गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं – प्रतिनिधि सभा सदस्य खुश्बु ओलीको चरित्रहत्या गरेको आरोपमा

राधास्वामीका आश्रित भोकै, महानगर भन्छ : सिस्टम फेरिएकाले खुवाउन सकेनौँ, आन्दोलन जरूरी थिएन

काठमाडौं- कीर्तिपुरको राधास्वामीस्थित सुकुम्वासी होल्डिङ सेन्टरको मूल गेटमा सुत्केरी, बालबालिका,