के कारण चल्यो अनमोल र सुहानाको ‘ए मेरो हजुर ३’ ? « Khabarhub

के कारण चल्यो अनमोल र सुहानाको ‘ए मेरो हजुर ३’ ?


१ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – वर्षको अन्तमा फिल्म समीक्षकहरुले यो वर्षलाई सिनेमाको कालो वर्षका रुपमा विश्लेषण गरिरहँदा अनमोल केसी स्टारर फिल्म ‘ए मेरो हजुर ३’ हेर्न दर्शकको क्रेज देखिएको छ । कतिपयले यसलाई अनमोल केसीको क्रेजका रुपमा मात्र विश्लेषण गरिरहेका छन् । फिल्मले नकारात्मक समीक्षा पाए पनि दर्शकले भने यो फिल्ममा रुचि देखाएका छन् ।

शुक्रवार नै फिल्मको ओपनिङ राम्रो थियो भने बिहीवार भएको प्रिमियरमा फिल्म हेरेका कलाकारले तारिफ गरेका थिए । यता समीक्षकले भने यो फिल्मलाई ‘ठीकै’ भनेका छन् ।

समीक्षात्मक रुपमा गाली पाएको फिल्म आखिर किन चल्यो ? के अनमोलका कारणले फिल्म चलेको हो ? यी प्रश्नहरु सामान्य लागे पनि यतिबेला भने नेपाली फिल्मको बजार केलाउन गहन रुपमा सोच्नुपर्ने भएको छ ।

झरना थापाले निर्देशन गरेको यो फिल्मको क्रेज देखिनुमा यसको नामले पनि प्रभाव पारेको छ । अर्कातिर यो फिल्म व्यावसायिक रुपमा नेपाली फिल्मका दर्शकले चाहेजस्तो बनेको छ । नेपाली फिल्म हेर्ने ठूलो समूह, जो स–साना कुरामा रमाउँछ । त्यो वर्गले फिल्म रुचाएको छ ।

अर्कातिर दर्शकले झरना थापाप्रति विश्वास गरेको मान्न सकिन्छ । यसअघि पनि सोही नाम गरेको फिल्मले राम्रो व्यापार गरेकाले यो फिल्म चलेको मान्न सकिन्छ । अर्कातिर फिल्मले रिलिजअघि सार्वजनिक गरेका गीत र ट्रेलरले पनि दर्शकको मन जितेको थियो । जसको फाइदा यो फिल्मलाई पुगेको छ ।

फिल्म चल्नुमा स्टारडम मात्र भएर हुँदैन भन्ने त अनमोलकै फिल्म ‘क्याप्टेन’ ले देखाइसकेको छ । तर, उनको मुख्य भूमिका रहेको यो फिल्मले भने दर्शकको ध्यान तानेको छ । अनमोल स्वय‌ंको क्रेज पनि देखिएको छ । अर्कातिर यही फिल्मबाट सुहानाले पनि बलियो सम्भावना देखाएकी छिन् ।

सम्रगममा ‘ए मेरो हजुर ३’ चल्नुमा पहिलो कुरा त दर्शकको स्वादअनुसार फिल्म बगेको छ । अर्कातिर अनमोल र सुहानाको जोडी पर्दामा सुहाएको देखिएको छ । फिल्मको मेकिङमा पनि निर्देशक झरनाले सक्दो प्रयास गरेकी छिन् । जसकारण दर्शकले फिल्म रुचाएको स्पष्ट हुन्छ ।

प्रकाशित मिति : १ बैशाख २०७६, आइतबार  १ : ५५ बजे

सुडानमा विमान दुर्घटना, विमानमा सवार १४ जनाको मृत्यु

जुवा – दक्षिण सुडानको राजधानी जुबा नजिकै सोमबार एउटा सानो

शेखर गोल्छालाई थप तीन दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ । व्यवसायी शेखर गोल्छालाई तीन दिन हिरासतमा राखेर अनुसन्धान

ब्याटिङ नचल्दा दिल्लीको लज्जास्पद हार, आरसीबी ९ विकेटले विजयी

काठमाडौं – आईपीएल २०२६ मा रोयल च्यालेन्जर्स बेंगलुरुले आफ्नो छैटौँ

बागमतीमा मन्त्रालयको संख्या ७ मात्रै बनाउन विपक्षीको सुझाव

काठमाडौँ- नेकपाले बागमती प्रदेश सरकारमा मन्त्रालयको संख्या ७ वटामात्रै गर्न

पर्यटन प्रवर्द्धनका लागि नेपाली फोटो पत्रकार टोली बङ्गलादेश प्रस्थान

काठमाडौं – नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित नेपालका १० सदस्यीय