सबै मन्त्रालयको सूचना एकद्वार प्रणालीबाट संप्रेषण गर्ने व्यवस्था गर्छु– मन्त्री गुरुङ | Khabarhub Khabarhub

सबै मन्त्रालयको सूचना एकद्वार प्रणालीबाट संप्रेषण गर्ने व्यवस्था गर्छु– मन्त्री गुरुङ


२९ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नवनियुक्त सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले सबै मन्त्रालयहरुको सूचनालाई एकद्वार प्रणालीबाट संप्रेषण गर्ने व्यवस्था मिलाउने बताएका छन् ।

बिहीबार मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री गुरुङले कुनैपनि मन्त्रालयको सूचना लुकाएर बस्ने स्थितिको अन्त्य गर्दै एकद्वार प्रणालीमार्फत सूचना दिने व्यवस्था मिलाउने बताए ।

कुनैपनि मन्त्रालयमा गलत कुराहरु छन भने त्यसको अनुसन्धान गरेर बाहिर ल्याउन मन्त्रालयले आफ्नो काम गर्ने उनले बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार साँझ मन्त्रीमण्डल पुनर्गठन गरेपछि महिला तथा समाजिक मन्त्री रहेका मन्त्री गुरुङले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी पाएका हुन् । जिम्मेवारी पाएसँगै बिहीबार अपरान्ह मन्त्रालयमा पदभार सम्हालेका छन् ।

प्रकाशित मिति : २९ आश्विन २०७७, बिहीबार  ३ : १८ बजे

धापासी लाम्पाखामा पहिरो, सडक पूर्ण रूपमा बन्द (तस्बिरहरू) 

काठमाडौं– शुक्रबारको अविरल वर्षाका कारण टोखा नगरपालिका ४ धापासी लाम्पाखा

न्यूयोर्कमा पर्यटक बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु

एजेन्सी – न्यूयोर्क राज्यको एक राजमार्गमा शुक्रबार पर्यटक बोकेको बस

वीरगञ्ज नाकाबाट हुने आयात र निर्यात दुवै बढ्यो

वीरगञ्ज– चालु आर्थिक वर्षको पहिलो महिना साउनमा वीरगञ्ज नाकाबाट ६८

नेपालमा एकैदिन पाँच हजार ५७ पिन्ट रक्तदान (तस्बिरहरू)

काठमाडौँ – नेपालमा ब्रह्मकुमारी राजयोग सेवा केन्द्रले शुक्रबार एकैदिन पाँच

स्वयम्भू मेलामा दुई लाख बढीले गरे अवलोकन

काठमाडौं– स्वयम्भूमा जारी एकमहिने मेलामा दुई लाख बढी भक्तजनले दर्शन