‘यात्रा’ मा के छ ? सलिन र मलिकाले मन जित्छन् ? « Khabarhub

‘यात्रा’ मा के छ ? सलिन र मलिकाले मन जित्छन् ?


१ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – शुक्रवारदेखि फिल्म ‘यात्रा’ नेपालभर रिलिज भएको छ । फिल्ममा सलिनमान बनिया, मलिका महत, सलोन बस्नेत लगायतका कलाकारको मुख्य भूमिका छ । फिल्ममा निर्देशन सम्राट शाक्यको छ ।

नयाँ वर्षको अवसर पारेर रिलिज भएको यो फिल्म हेर्न दर्शक हलसम्म पुगेका छन् । फिल्म हेरेका दर्शकले मलिका र सलिनमानको कामलाई बढी रुचाएका छन् ।

फिल्ममा कथा के छ ?

एक कलेजका विद्यार्थीले एउटा डकुमेन्ट्री बनाउनुपर्ने हुन्छ, जुन डकुमेन्ट्रीले कसैको ‘लाइफ चेन्ज’ गर्न सकोस् । यही सिलसिलामा सलिनमान बनिया र उनका साथीहरु सोलुखुम्बुको एक गाउँ पुग्छन् । सोलुखुम्बुमा पुगेर तपस्यालाई भेट्छन् । त्यसपछि अगाडि बढ्दै जाने कथा फिल्ममा छ । मसालेदार फिल्म मन पराउने दर्शकलाई यो फिल्मले तानिरहेको छ ।

फिल्मबाट सलिन र मलिकाको तारिफ

सलिनमानका लागि यो फिल्म दोस्रो फिल्म हो । यसअघि उनले फिल्म ‘ए मेरो हजुर २’ मा अभिनय गरेका थिए । उक्त फिल्ममा सलिन एक लभर ब्याइका रुपमा प्रस्तुत भएका थिए भने ‘यात्रा’ मा उनी एक्सनका साथ उत्रिएका छन् ।

उनको एक्सन पक्षलाई पनि दर्शकले रुचाएका छन् । पहिलेका तुलनामा सलिनले आफूमा निखारता ल्याएको पनि कतिपयको विश्लेषण छ ।

यही फिल्मबाट नेपाली फिल्म उद्योगमा भित्रिएकी मलिका महतले यो फिल्मबाट बलियो सम्भावना छोडेकी छिन् । फिल्ममा उनी एक दृष्टिविहीन गायिका हुन्छिन्, जसको स्वर मीठो छ । उनमा गीत गाउने धोको छ ।

अभिनयका हिसाबले मलिकाको कामको तारिफ गरिएको छ । पहिलो डेब्यु फिल्ममा उनले देखाएको सम्भावनालाई फिल्मकर्मीले पनि नोटिस गरेका छन् ।

फिल्ममा म्यासेज के छ ?

‘यात्रा’ टिमले फिल्ममार्फत अरुलाई सहयोग गर्नुपर्छ भन्ने सन्देश छोडेको छ । सामाजिक सञ्जाललाई सदुपयोग गर्न सक्यो भने यसका फाइदा छन् भन्ने सन्देश फिल्ममार्फत निर्देशकले दिएका छन् ।

प्रकाशित मिति : १ बैशाख २०७६, आइतबार  २ : ५५ बजे

प्रधानमन्त्रीको सम्बोधन : सद्भाव खलबल्याउने गतिविधिविरुद्ध कडा कदम चाल्छौं (पूर्णपाठ)

काठमाडौं – प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्दै सुनसरीको देवानगञ्ज, सिरहा

सुनसरी घटनाको निष्पक्ष छानबिन हुन्छ, दोषीले उन्मुक्ति पाउँदैनन् : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री बालेन शाहले सुनसरीसहित मधेशका विभिन्न जिल्लामा भएका

सामाजिक सद्भाव कायम राख्न पर्सा प्रशासनको आग्रह

पर्सा – पर्सा जिल्ला प्रशासन कार्यालयले देशका विभिन्न जिल्लामा पछिल्लो

मे र जुनको गर्मीका कारण इङ्ल्यान्डमा दुई हजार ८७७ अतिरिक्त मृत्यु

लन्डन – मे र जुनमा यस पहिलेको सोही समयको रेकर्ड

सर्वपक्षीय बैठक : मोरङमा सद्भाव र्‍याली निकालिने

विराटनगर – सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित कप्तानगञ्जमा दुई समूहबीच भएको विवादका