जनप्रतिनिधिमाथि नै लाठी चार्ज कानूनी राज्यमाथि कै प्रश्न : डा.शेखर कोइराला « Khabarhub

जनप्रतिनिधिमाथि नै लाठी चार्ज कानूनी राज्यमाथि कै प्रश्न : डा.शेखर कोइराला


३० आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले जनप्रतिनिधिलाई नै लाठी चार्ज र दूर्व्यवहार गरिनुले कानूनी राज्यमाथिकै प्रश्न उठेको बताएका छन् ।

सर्लाहीको रामनगर गाउँपालिका–७ सिसौटका महेन्द्र रामको कुटपिटपछि उपचारका क्रममा मृत्यु भएको घटनाको जाहेरी दर्ता गर्न जाने क्रममा  जनप्रतिनिधिलाई पनि लाठी चार्ज गरिएकोमा डा.कोइरालाले आपत्ति जनाएका छन् ।

कोइरालाले आज प्रेस वक्तव्य जारी गर्दै घटनाको जाहेरी लिन पनि नमान्ने र त्यसलाई दर्ता गर्न जाँदा कांग्रेस सांसद डा.अमरेश कुमार सिंह, सर्लाही कांग्रेस सभापति नगेन्द्र कुमार तथा प्रदेश सांसदलाई समेत प्रहरीले लाठी चार्ज गर्नुले कानूनी राज्यमाथिकै प्रश्न उब्जिएको बताएका छन् ।

आठ दिनसम्म अस्पतालमा महेन्द्र रामको शव राखिनु र  मृतकका परिवारले दिएको जाहेरी दर्ता नगर्ने प्रहरीले प्रशासनले शान्तिपूर्ण र्‍यालीमा पनि दूर्व्यवहार गर्नुले नागरिकलाई कसरी न्याय मिल्ला भन्दै कोइरालाले आशंका व्यक्त गरेका छन् ।

कोइरालाले शान्तिपूर्ण र्‍यालीमा पक्राउ परेका सबैलाई रिहाइ गर्दै जाहेरी दर्ता गर्न पनि प्रशासनलाई आग्रह गरेका छन् ।

‘म प्रशासनको निर्देशनमा सुरक्षाकर्मीबाट भएको यो घटनाको घोर निन्दा र भर्त्सना गर्छु,’ कोइरालाले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘पक्राउ परेका व्यक्तिहरुलाई अविलम्व रिहाइ गर्न, घटनाका घाइतेको उपचार गर्न, मृतकका परिवारको जाहेरी दर्ता गर्न र पीडित परिवारलाई न्याय दिइ आवश्यक क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग जोडदार माग गर्दछु ।’

गएको असोज २१ गते दुई पक्षबीच झडप हुँदा ६५ वर्षीय महेन्द्र रामको उपचारका क्रममा असोज २२ गते मृत्यु भएको थियो ।

प्रकाशित मिति : ३० आश्विन २०७७, शुक्रबार  ९ : ०१ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना