जनप्रतिनिधिमाथि नै लाठी चार्ज कानूनी राज्यमाथि कै प्रश्न : डा.शेखर कोइराला « Khabarhub

जनप्रतिनिधिमाथि नै लाठी चार्ज कानूनी राज्यमाथि कै प्रश्न : डा.शेखर कोइराला


३० आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले जनप्रतिनिधिलाई नै लाठी चार्ज र दूर्व्यवहार गरिनुले कानूनी राज्यमाथिकै प्रश्न उठेको बताएका छन् ।

सर्लाहीको रामनगर गाउँपालिका–७ सिसौटका महेन्द्र रामको कुटपिटपछि उपचारका क्रममा मृत्यु भएको घटनाको जाहेरी दर्ता गर्न जाने क्रममा  जनप्रतिनिधिलाई पनि लाठी चार्ज गरिएकोमा डा.कोइरालाले आपत्ति जनाएका छन् ।

कोइरालाले आज प्रेस वक्तव्य जारी गर्दै घटनाको जाहेरी लिन पनि नमान्ने र त्यसलाई दर्ता गर्न जाँदा कांग्रेस सांसद डा.अमरेश कुमार सिंह, सर्लाही कांग्रेस सभापति नगेन्द्र कुमार तथा प्रदेश सांसदलाई समेत प्रहरीले लाठी चार्ज गर्नुले कानूनी राज्यमाथिकै प्रश्न उब्जिएको बताएका छन् ।

आठ दिनसम्म अस्पतालमा महेन्द्र रामको शव राखिनु र  मृतकका परिवारले दिएको जाहेरी दर्ता नगर्ने प्रहरीले प्रशासनले शान्तिपूर्ण र्‍यालीमा पनि दूर्व्यवहार गर्नुले नागरिकलाई कसरी न्याय मिल्ला भन्दै कोइरालाले आशंका व्यक्त गरेका छन् ।

कोइरालाले शान्तिपूर्ण र्‍यालीमा पक्राउ परेका सबैलाई रिहाइ गर्दै जाहेरी दर्ता गर्न पनि प्रशासनलाई आग्रह गरेका छन् ।

‘म प्रशासनको निर्देशनमा सुरक्षाकर्मीबाट भएको यो घटनाको घोर निन्दा र भर्त्सना गर्छु,’ कोइरालाले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘पक्राउ परेका व्यक्तिहरुलाई अविलम्व रिहाइ गर्न, घटनाका घाइतेको उपचार गर्न, मृतकका परिवारको जाहेरी दर्ता गर्न र पीडित परिवारलाई न्याय दिइ आवश्यक क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग जोडदार माग गर्दछु ।’

गएको असोज २१ गते दुई पक्षबीच झडप हुँदा ६५ वर्षीय महेन्द्र रामको उपचारका क्रममा असोज २२ गते मृत्यु भएको थियो ।

प्रकाशित मिति : ३० आश्विन २०७७, शुक्रबार  ९ : ०१ बजे

कर्णालीका महिलामाथि लेखिएको सिर्जु शाहको ‘बैकिनी’ उपन्यास विमोचन 

काठमाडौं– सिर्जु शाहको उपन्यास बैकिनी आइतबार एक कार्यक्रमकाबीच विमोचन गरिएको

बेइजिङमा परराष्ट्र मन्त्री खनाल र नेपाली समुदायबीच अन्तरक्रिया

काठमाडौं- बालेन शाह नेतृत्वमा गत चैत १३ गते बनेको नयाँ

सिटौलाको टिप्पणी : वालेन्द्र डरले संसद्‍मा जवाफ दिन सक्दैनन्, साथी पठाउँछन्

काठमाडौं- नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले प्रधानमन्त्री वालेन्द्र शाहको व्यवहारलाई

गगन-विश्वलाई कृष्ण सिटौलाको जवाफ : यतिउति बुँदे पत्रको नाटक गर्नै पर्दैन, १० मिनेट वार्ता गरे सबै कुरा मिल्छ

विराटनगर- नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला ले पार्टीभित्रको विशेष महाधिवेशन

युवाले सपना पूरा गर्न विदेशिनै पर्ने बाध्यता चिर्ने सुरुवात बजेटले गरेको छ : अर्थमन्त्री डा. वाग्ले

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले युवाहरूले अब आफ्नो सपना पूरा गर्न