पूर्वप्रधानमन्त्री भट्टराईलाई प्रधानमन्त्री ओलीको जवाफ– अर्बौ बाडेर खाने हर्कत हामी गर्न सक्दैनौँ « Khabarhub

पूर्वप्रधानमन्त्री भट्टराईलाई प्रधानमन्त्री ओलीको जवाफ– अर्बौ बाडेर खाने हर्कत हामी गर्न सक्दैनौँ


३० आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ‘बूढीगण्डकी आयोजनामा अर्बौ भ्रष्टाचार भएको’ भन्ने अभिब्यक्तिलाई प्रधानमन्त्री केपी शर्मा ओलीले खण्डन गरेका छन्।

पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले दिएको अभिव्यक्तिको ६५औं प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै खण्डन गरेका हुन्।

प्रधानमन्त्रीले भने, ‘नेपाल सरकारले भ्रष्टाचारविरुद शुन्यसहनशिलताको नीति लिएको छ। केही गैरजिम्मेवार तत्वहरुले गैरजिम्मेवार तरिकाले बोलेर हिडेको पनि मैले सुनेको छु।’

उनले भने, ‘एउटा निर्णय नभएको, कसैले नलिएको, कार्यारम्भ नभएको आयोजनामा पूर्वप्रधानमन्त्री, वर्तमान प्रधानमन्त्री समेतले यति अर्ब बाडेर खाए भन्ने गैरजिम्मेवार अभिव्यक्ति दिएको समेत सुनेको छु।’

उनले भने, ‘हामी त्यस्तो गैरजिम्मेवार र अनैतिक हुन सक्दैनौ, त्यस्ता हर्कत हामी गर्न सक्दैनौँ।’

डा. भट्टराईले केही दिनअघि प्रधानमन्त्री ओली र प्रचण्ड सहितका ठूला नेताले बूढीगण्डकी आयोजनाको अर्बौ रकम बाँडेर भ्रष्टाचार गरेको आरोप लगाएका थिए।

प्रकाशित मिति : ३० आश्विन २०७७, शुक्रबार  १२ : ४७ बजे

कांग्रेसकाे १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यको नामावली स्वीकृत

काठमाडाैं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सहभागी हुने क्रियाशील सदस्यहरूको

दश दिनमा उपत्यकामा चार लाख सिलिण्डर वितरण

काठमाडौं – नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार

बाणगङ्गा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

कपिलवस्तु – बाणगङ्गा नदीमा आएको बाढीमा परी शनिबारदेखि बेपत्ता भएका

अटोको ठक्करबाट १४ वर्षीय किशोरको मृत्यु

धनगढी – कैलालीको धनगढीमा अटोले मोटरसाइकललाई ठक्कर दिँदा १४ वर्षीय

पूर्वराष्ट्रपति यादवद्वारा देश विकासमा योगदान गर्न आग्रह

ललितपुर – पूर्वराष्ट्रपति डा. रामवरण यादवले देश र समाजका लागि