दशैंका लागि कात्तिक ३ देखि काठमाडौं उपत्यकामा खसी बोका बिक्री गरिने | Khabarhub Khabarhub

दशैंका लागि कात्तिक ३ देखि काठमाडौं उपत्यकामा खसी बोका बिक्री गरिने


३० आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ३ कात्तिकदेखि काठमाडौं उपत्यकामा खसी बोका बिक्री शुरू गर्ने भएको छ।

कम्पनीको थापाथलीस्थित प्रादेशिक कार्यालय परिसरबाट दशैंका लागि खसी बोका बिक्री वितरण गरिनेछ।

कम्पनीले बजार मूल्य नियन्त्रणका लागि भन्दै हरेक वर्षको दशैंमा खसी, बोका र च्याङग्रा बिक्री गर्दै आएको छ। तर, यसपटक प्राविधिक कठिनाइले गर्दा मुस्ताङबाट च्याङग्रा ल्याउन नसकिएको कम्पनीले बताएको छ।

दुई हजार खसी, बोका र च्याङग्रा बिक्री गर्ने योजना रहे पनि आयातमा कठिनाइ हुँदा केही संख्यामा खसी र बोका मात्रै बिक्रीमा राखिने कम्पनीका बागमती प्रदेश कार्यालयका प्रमुख पवित्र गौतमले बताए। य

स वर्ष दाङ र हेटौंडाबाट एक हजार वटा खसी बोका ल्याइएको उनले बताए।

कम्पनीले यसअघि दशैंको लागि एक हजार वटा खसी बोका र एक हजार वटा च्याङग्रा बिक्री गर्ने बताएको थियो।

पहिलो चरणमा एक हजार संख्यामा खसी बोका ल्याई बिक्रीमा राखिने र माग बढ्दै गए बजारलाई सन्तुलित राख्न थप आयात गर्न सकिने गौतमले बताए।

यस वर्ष कम्पनीले खरिद गर्दा नै खसी बोकाको मूल्य गत वर्ष भन्दा ४० रूपैयाँ बढी परेकाले अघिल्लो वर्ष भन्दा केही बढी मूल्य कायम हुन सक्ने गौतमले बताए।

मूल्य निधारण भने आइतबार साँझ मात्रै तय हुने पनि उनको भनाइ छ। कम्पनीले गत वर्ष जिउँदो खसीको मूल्य प्रतिकिलो ५६० रूपैयाँ निर्धारण गर्दै बिक्री वितरण शुरू गरेको थियो।

प्रकाशित मिति : ३० आश्विन २०७७, शुक्रबार  १० : ३० बजे

नारायणघाट-बुटवल सडकखण्ड राति १० घण्टा बन्द हुने

नवलपुर– पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट बुटवल सडकखण्ड आजदेखि रातिमा १० घण्टा

रास्वपाले गर्‍यो स्व पत्रकार रजकको परिवारलाई आर्थिक सहयोग

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले तीनकुने घटनामा निधन भएका पत्रकार

संसद्‍मा रास्वपाको अवरोधबीच मन्त्रालयअन्तर्गत विनियोजन बजेटमाथि छलफल

 काठमाडौं– प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अवरोधका बीच प्रतिनिधिसभाको

काठमाडौं उपत्यकामा दैनिक मेलम्चीको पानी : मन्त्री यादव

काठमाडौं– खानेपानी मन्त्री प्रदीप यादवले काठमाडौं उपत्यकामा चौबीसै घण्टा स्वच्छ

सुर्खेतमा रास्वपाले जनताको हस्ताक्षर संकलन गर्दै 

सुर्खेत–  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो तेस्रो स्थापना दिवसका अवसरमा