दशैंका लागि कात्तिक ३ देखि काठमाडौं उपत्यकामा खसी बोका बिक्री गरिने « Khabarhub

दशैंका लागि कात्तिक ३ देखि काठमाडौं उपत्यकामा खसी बोका बिक्री गरिने


३० आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ३ कात्तिकदेखि काठमाडौं उपत्यकामा खसी बोका बिक्री शुरू गर्ने भएको छ।

कम्पनीको थापाथलीस्थित प्रादेशिक कार्यालय परिसरबाट दशैंका लागि खसी बोका बिक्री वितरण गरिनेछ।

कम्पनीले बजार मूल्य नियन्त्रणका लागि भन्दै हरेक वर्षको दशैंमा खसी, बोका र च्याङग्रा बिक्री गर्दै आएको छ। तर, यसपटक प्राविधिक कठिनाइले गर्दा मुस्ताङबाट च्याङग्रा ल्याउन नसकिएको कम्पनीले बताएको छ।

दुई हजार खसी, बोका र च्याङग्रा बिक्री गर्ने योजना रहे पनि आयातमा कठिनाइ हुँदा केही संख्यामा खसी र बोका मात्रै बिक्रीमा राखिने कम्पनीका बागमती प्रदेश कार्यालयका प्रमुख पवित्र गौतमले बताए। य

स वर्ष दाङ र हेटौंडाबाट एक हजार वटा खसी बोका ल्याइएको उनले बताए।

कम्पनीले यसअघि दशैंको लागि एक हजार वटा खसी बोका र एक हजार वटा च्याङग्रा बिक्री गर्ने बताएको थियो।

पहिलो चरणमा एक हजार संख्यामा खसी बोका ल्याई बिक्रीमा राखिने र माग बढ्दै गए बजारलाई सन्तुलित राख्न थप आयात गर्न सकिने गौतमले बताए।

यस वर्ष कम्पनीले खरिद गर्दा नै खसी बोकाको मूल्य गत वर्ष भन्दा ४० रूपैयाँ बढी परेकाले अघिल्लो वर्ष भन्दा केही बढी मूल्य कायम हुन सक्ने गौतमले बताए।

मूल्य निधारण भने आइतबार साँझ मात्रै तय हुने पनि उनको भनाइ छ। कम्पनीले गत वर्ष जिउँदो खसीको मूल्य प्रतिकिलो ५६० रूपैयाँ निर्धारण गर्दै बिक्री वितरण शुरू गरेको थियो।

प्रकाशित मिति : ३० आश्विन २०७७, शुक्रबार  १० : ३० बजे

बललिउड अभिनेत्री पूजा चोपडाद्वारा पशुपतिनाथको दर्शन

काठमाडौं– बलिउड अभिनेत्री पूजा चोपडाले आराध्यदेव भगवान् पशुपतिनाथ मन्दिरमा विशेष

साइकल यात्राका माध्यमबाट गोरक्षतालको प्रवर्द्धन गरिँदै

बागमती– हिमालयन राइडर्स सोसाइटी हेटौँडाले हेटौँडा उपमहानगरपालिका-१८ स्थित गोरक्षतालको प्रवर्द्धन

मानव अधिकार आयोगमा लघुवित्त पीडित : संस्थाले दिएको खानाको भर, माग पूरा नहुन्जेल धर्ना बस्ने 

काठमाडौं– सर्लाही, धनुषासहित मधेशका जिल्लाबाट २३ दिन पैदलयात्रा गरेर काठमाडौं

कृषि उत्पादन ‘पकेट’ क्षेत्र विकास गर्न पाँच करोड ५० लाख अनुदान

कैलाली– कैलालीका १३ वटै स्थानीय तहमा ‘एक स्थानीय तह दुई

देउवालाई प्रदीपको सुझाव- अभिभावक बनेर तटस्थ रहिदिनुस्

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेल संस्थापन इतर पक्ष शेरबहादुर देउवाको