दशैंका लागि खाद्य संस्थानले प्रतिकिलो ५६० रुपैयाँमा खसीबोका बेच्ने « Khabarhub

दशैंका लागि खाद्य संस्थानले प्रतिकिलो ५६० रुपैयाँमा खसीबोका बेच्ने


२ कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड (खाद्य संस्थान)ले प्रतिकिलो ५६० रुपैयाँमा खसी तथा बोका बिक्रीवितरण गर्ने भएको छ ।

यस वर्षको दशैंका लागि दाङ र मकवानपुरको मजवानपुरबाट पहिलो पटक खसी तथा बोका काठमाडौं आइपुगेपछि कम्पनीले मूल्य निर्धारण गरेको हो ।

निर्धारित मूल्यअनुसार प्रतिकिलो खसीबोकामा १० छुट दिइने कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपानेले जानकारी दिइन् । उनका अनुसार काठमाडौं आइपुगेका खसी–बोकाको सोमबार बिहान ८ बजेपछि बिक्रीवितरण शुरु हुनेछ ।

तोकिएको मूल्यमा १० रुपैयाँ घटाएर प्रतिकिलो ५ सय ५० का दरमा थापाथलीस्थित प्रादेशिक कार्यालय परिसरबाट बिक्रीवितरण हुने कम्पनीले जनाएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको निर्णयानुसार सरकारी स्वामित्वमा सञ्चालित तीन संस्थानले चाडपर्वलाई लक्ष्य गर्दै सञ्चालन गर्ने सुपथ मूल्यका पसलमा दिइएको छुटस्वरुप खसीबोकामा प्रतिकिलो १० रुपैयाँ छुट दिइएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार पहिलो चरणमा दाङबाट २ सय र मकवानपुरबाट २०५ गरी ४०५ खसीबोका काठमाडौं ल्याइएको छ ।

यस वर्ष कम्पनीले २ जिल्लाबाट १ हजार खसीबोका ल्याउने तयारी गरेको छ । मुस्ताङबाट १ हजार च्याङ्ग्रा ल्याउने तयारी गरेको कम्पनीले गत वर्षको तुलनामा बढी मूल्य भएपछि अन्तिममा नल्याउने निर्णय भएको जनाइएको छ ।

प्रकाशित मिति : २ कार्तिक २०७७, आइतबार  ८ : १५ बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह