डा भट्टराई बने जसपाको संघीय परिषद् अध्यक्ष « Khabarhub

डा भट्टराई बने जसपाको संघीय परिषद् अध्यक्ष


४ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जनता समाजवादी पार्टी नेपालले पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईलाई संघीय परिषद्को अध्यक्ष बनाएको छ ।

केन्द्रीय कार्यकारिणी समिति बैठकले पूर्वप्रधानमन्त्री भट्टराईलाई संघीय परिषद् अध्यक्ष बनाउने निर्णय गरेको नेता रामसहायप्रसाद यादवले जानकारी दिए ।

बैठकले भट्टराईको नेतृत्वमा ५ सय ९७ सदस्यीय संघीय परिषद् बनाएको छ । परिषद् केन्द्रीय समितिभन्दा माथिल्लो निकाय पनि बनेको छ।

विधान संशोधन गर्दै जसपाले केन्द्रीय कार्यकारिणी समिती संघीय परिषद्को मातहत रहने निर्णय गरेको छ । बैठकले केन्द्रीय समितिको आकार बढाएर ८ सय १ सदस्यीय बनाएको छ ।

पछिल्लो निर्णयसँगै भट्टराईको वरियता सबैभन्दा माथि भएको छ ।

जसपाको केन्द्रीय समिति अध्यक्षमा महन्थ ठाकुर, उपेन्द्र यादव छन् । त्यसैगरी पार्टीको वरिष्ठ नेतामा अशोक राई र राजेन्द्र महतो रहेका छन् । डा. भट्टराई यसअघि वरिष्ठ नेता थिए ।

प्रकाशित मिति : ४ कार्तिक २०७७, मंगलबार  ५ : ५६ बजे

रानीसैन विवाद मिलाउन बाजुराका दलहरू एकजुट, शान्तिपूर्ण समाधानमा जोड

बाजुरा- रानीसैनलाई लिएर बाजुरा र हुम्लाबीचको विवाद शान्तिपूर्ण रुपमा समाधान

सुनितालाई घरमै नागरिकता

पर्वत– जन्मेदेखि नै पूर्ण अपाङ्गताको जीवन बिताउँदै आएकी पर्वतको जलजला

एमालेमा कलहबीच शंकर र योगेशको तस्बिर राख्दै रामकुमारीको तर्क, ‘समस्याको केन्द्र केपी ओली मात्रै होइनन्’

काठमाडौं- नेकपा एमालेकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले महासचिव शंकर पोखरेल

बैंकिङ कारोबारमा बागमती प्रदेशको एकल वर्चस्व, कर्जा र निक्षेपमा कर्णाली सबैभन्दा पछाडि

काठमाडौं– नेपालको बैंकिङ क्षेत्रको कुल निक्षेप र कर्जा परिचालनमा बागमती

विषादी हालेर पकाइएका आँप चिन्ने ५ तरिका 

काठमाडौं– अहिले आँपको सिजन हो । स्वाद, सुगन्ध र पौष्टिकताले