‘पसिना’ को फस्ट लूकमा गौरवसँग अनु « Khabarhub

‘पसिना’ को फस्ट लूकमा गौरवसँग अनु


२ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौ‌ं – गाैरव पहारी र अनु शाह स्टारर फिल्म ‘पसिना’ को फर्स्ट लूक पोस्टर सार्वजनिक गरिएको छ । फस्ट लूकलाई नयाँ बर्षको अवसर पारेर सार्वजनिक गरिएको हो ।

केही दिनअघि टाइटल गीत सार्वजनिक गरेको निर्माण टिमले मजदुरको व्यथालाई समेटेर यो फिल्म बनाएको हो । फस्ट लूकमा गौरव पहाडी,अनु शाह र सरोज खनाललाई देखाइएको छ ।

आर. बि खत्री ‘शरद’ को निर्देशन रहेको फिल्ममा गौरव पहारी, अनु शाह,सरोज खनाल, सरोज अर्याल, रवि गिरी, ध्रुव कोइराला, शारदा गिरी, सुरजनी केसी लगायतका कलाकारले अभिनय गरेका छन् ।

यस्तै फिल्ममा राम केसीको छायांकन छ भने नविन निरौलाको सम्पादन रहेको छ । चलचित्रलाई समसामयिक कथामा निर्माण गरिएको बताइएको छ । फिल्ममा कथा आर.बी. खत्री ‘शरद’ को र लगानी शान्ता ढकालको छ ।

फिल्म वैशाख २७ गतेबाट प्रदर्शन हुँदैछ ।

प्रकाशित मिति : २ बैशाख २०७६, सोमबार  १ : ४८ बजे

विश्व बजारमा नेपालको उत्पादनले गुणस्तरमा विश्वास जितेको छ : मन्त्री सिन्हा

काठमाडौं– उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले विश्व बजारमा नेपालको

चुरे मधेसको छाना हो : मुख्यमन्त्री यादव

महोत्तरी– मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले चुरे मधेसको छाना भएको

नेकपा र लिम्बुवान क्रान्तिकारी पार्टीबीच एकता

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी र लिम्बुवान क्रान्तिकारी पार्टीबीच एकता भएको

एक करोड लागतमा पुस्तकालय भवन निर्माण

दमौली– यहाँको देवघाट गाउँपालिका–५ मा एक करोड लागतमा देवघाट सार्वजनिक

अर्थसंक्षेप : नेप्सेमा सामान्य गिरावट, भक्तपुर चेम्बरको अध्यक्षमा श्रेष्ठ निर्विरोध र एआई पहलमा भारतलाई अमेरिकी निम्तो

भक्तपुर चेम्बर अफ कमर्सको अध्यक्षमा श्रेष्ठ निर्विरोध लामोसमयदेखि शैक्षिक विकासको