विश्वकप क्रिकेट: भारतीय टोलीमा अटाएका कार्तिक र बाहिरिएका पन्त चर्चामा « Khabarhub

विश्वकप क्रिकेट: भारतीय टोलीमा अटाएका कार्तिक र बाहिरिएका पन्त चर्चामा


२ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आगामी मे ३० देखि हुने विश्वकप क्रिकेटका लागि भारतीय राष्ट्रिय क्रिकेट टोलीमा विकेट किपर ब्याट्सम्यान रिसभ पन्तको स्थानमा दिनेश कार्तिक परेका छन् । भारतीय क्रिकेट बोर्डले सोमबार १५ सदस्यीय टोलीको घोषणा गरेको हो ।

विश्वकप खेल्ने टोलीमा क्षमतावान युवा खेलाडी पन्तलाई स्थान नदिएपछि युवा खेलाडी भन्दा कार्तिकको अनुभवलाई भारतले प्राथमिकतामा राखेको आरोप छनोटकर्तालाई लागेको छ ।

२१ वर्षे युवा पन्तभन्दा ३३ वर्षे कार्तिक पक्कै पनि अनुभवी खेलाडी हुन् । तर, पनि पन्तलाई पूर्व कप्तान महेन्द्र सिंह धोनीको स्थान लिनसक्ने खेलाडीका रुपमा भारतमा प्रचार प्रसार हुँदै आएको छ ।

तर, एक्कासी भारतले उनलाई इङ्ग्ल्यान्ड र वाल्समा हुने विश्वकपमा स्थान नदिँदा अधिकाशंले आलोचना गरेका छन् भने कतिले कार्तिकको बचाउ पनि गरेका छन् ।

सामाजिक सञ्जालमा भारतीय टोलीबारे कार्तिक र पन्तको विषयमा विभिन्न किसिमका टिका–टिप्पण्ी भइरहेका छन् । जसमा कतिले पन्तलाई टिममा नपर्दा दुःख व्यक्त गरेका छन् भने कतिले कार्तिकलाई टिममा रहँदा टोली सन्तुलित भएको प्रतिक्रिया दिइरहेका छन् ।

कप्तान विराट कोहलीको १५ सदस्यीय टोलीमा पूर्व कप्तान महेन्द्रसिंह धोनीसँगै रोहित शर्मा, हार्दिक पाण्ड्या र केएल राहुल पनि छन् ।

“हामीले कार्तिकले दबाबमा रहेको अवस्थामा खेलको फिनिसिङ राम्रो गरेको देखेका छौं,” छनोट समितिका प्रमुख एमएसके प्रशादले भने,“पन्त क्षमतावान खेलाडी हुन् । उनीसँग प्रसस्तै समय छ ।”

पन्तले पछिल्लो समय घरेलु मैदानमा अस्ट्रेलियाविरुद्धको एकदिवसीय खलामा २ खेल खेलेका थिए । जुन श्रृंखला अस्ट्रेलियाले घरेलु टोलीसँग ३-२ ले जितेको थियो । पन्तले खेलेका दुवै खेलमा भारत पराजित भएको थियो । त्यसैगरी टोलीमा अलराउण्डर विजय शंकर अटाउँदा अम्बाती रायडु बाहिरिएका छन् ।

“विजय शंकरले विभिन्न तीन तरिकाले ब्याटिङ गर्छन्,” प्रशादले भने,“उनी ब्याटिङ, बलिङ र फिल्डिङका लागि उत्तिकै राम्रो खेलाडी हुन् । हामीले उनलाई टिममा चौथो नम्बरका खेलाडीका रुपमा हेरेका छौं ।” विश्वकप क्रिकेट मे ३० देखि १४ जुलाईसम्म इङ्ग्ल्यान्ड र वाल्समा आयोजना हुँदैछ ।

भारतीय टोली

विराट कोहली (कप्तान), रोहित शर्मा, शिखर धवन, केएल राहुल, विजय शंकर, महेन्द्रसिंह धोनी, केदार ज्यादव, दिनेश कात्र्तिक, युजभेन्द्र चाहल, कुलदिप यादव, भुवनेश्वर कुमार, जसप्रित बुम्राह, हार्दिक पाण्ड्या, रबिन्द्र जडेजा, मोहम्मद शामी

प्रकाशित मिति : २ बैशाख २०७६, सोमबार  ७ : ०२ बजे

यस्तो छ विष्णु पौडेलमाथिको आरोप, चुनावी प्रतिस्पर्धी चुन्नप्रसादले दिएका थिए ‘रकम लुकाएको’ बयान

काठमाडौं- नेकपा एमालेका उपाध्यक्ष एवम् पूर्वउप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई

रास्वपा महाधिवेशन : पार्टी सदस्य ५ लाख २३ हजार 

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो कुल सदस्य संख्या

शंकर पोखरेल भन्छन् : एमाले हरेक धक्काबाट उठेको छ, फेरि पनि उठ्नेछ

सुर्खेत- नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा एमालेले इतिहासका विभिन्न

शक्तिखोर औद्योगिक क्षेत्र निर्माणको काम अघि बढ्छ : मन्त्री यादव

भरतपुर– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले चितवनको शक्तिखोर औद्योगिक

विष्णु पौडेलको बचाउमा विशेषमा बहस : मालपानीको गाडी जसले चढ्यो, उसलाई पहिले पक्राउ गरौँ

काठमाडौं- सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाका लागि सोमबार पक्राउ गरिएका नेकपा एमालेका