पार्टी विभाजनको दुर्भाग्य निम्तिन लाग्यो : उपप्रधानमन्त्री पोखरेल | Khabarhub Khabarhub

पार्टी विभाजनको दुर्भाग्य निम्तिन लाग्यो : उपप्रधानमन्त्री पोखरेल


१७ कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- उपप्रधानमन्त्री ईश्वर पोखरेलले पार्टी विभाजनको दुर्भाग्य निम्तिन लागेको बताएका छन्।

नेपाल कम्युनिस्ट पाटी (नेकपा)को विवाद चरम उत्कर्षमा पुगेका बेला नेता पोखरेलले पनि आफ्नो अभिमत सामाजिक सञ्जालबाट व्यक्त गरेका छन्।

सामाजिक सञ्जाल ट्वीटरमा उनले भनेका छन्, ‘एकताका बेला गरिएको सहमति विपरित पूर्व समूहभित्रको आवद्धताका आधारमा समिकरण बनाएर खेल खेल्नखोज्दा विभाजनको दुर्भाग्य निम्तिन लागेको हो। त्यस्तो दुर्भाग्य निम्त्याउनेहरूलाई सबैले बेलैमै चिनौं,खवरदारी गरौं! व्यक्तिगत स्वार्थका कारण यसो गर्नेहरूको विरोध गर्दै पार्टी एकतालाई बचाऔं।’

उनले एकताकाबेला गरिएको सहमति विपरित पूर्व समूहभित्रको आवद्धताका आधारमा समिकरण बनाएर खेल खेल्नखोज्दा विभाजनको दुर्भाग्य निम्तिन लागेको बताएका छन् ।

उनले यस्तो दुर्भाग्य निम्त्याउनेहरूलाई सबैले बेलैमै चिनेर खवरदारी गर्दै  व्यक्तिगत स्वार्थका कारण यसो गर्नेहरूको विरोध गर्दै पार्टी एकतालाई बचाउन आग्रह गरेका छन् ।

पार्टी सचिवालय सदस्यसमेत रहेका पोखरेलले एकताका बेला गरिएको सहमति विपरित पूर्व समूहको आवद्धताका आधारमा समिकरण बनाएर पार्टी भित्र खेल्न खोजिएको आरोप समेत लगाएका छन्।

नेताहरुले पार्टीभित्र खेल्न खोज्दा पार्टी विभाजनको नजिक पुगेको उनको तर्क छ।

प्रकाशित मिति : १७ कार्तिक २०७७, सोमबार  ४ : १० बजे

इलाम–२ को मतगणना आज, सर्वदलीय बैठक बस्दै

काठमाडौं– इलाम क्षेत्र नम्बर २ मा हिजो भएको उपनिर्वाचनको मतगणना

तराई क्षेत्रमा तातो हावा चल्ने, पहाडमा छिटफुट वर्षा

काठमाडौं– जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु

कीर्तिपुरमा नेपाल र वेस्ट इन्डिजको दोस्रो खेल आज

काठमाडौं – नेपाल र वेस्ट इन्डिज ‘ए’ बिचको दोस्रो खेल

लखनउलाई सात विकेटले पराजित गर्दै राजस्थान १६ अंकसहित शीर्ष स्थानमा

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं – आज २०८१ साल वैशाख १६ गते आइतबार तदनुसार