उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा किशोर प्रधानको मनोनयन दर्ता | Khabarhub Khabarhub

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा किशोर प्रधानको मनोनयन दर्ता


१७ कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल उद्योग वाणिज्य महासंघ (एनफएनसीसीआई) को वरिष्ठ उपाध्यक्षका लागि किशोर प्रधानले मनोनयन दर्ता गरेका छन् ।

प्रधानले सोमवार महासंघ सचिवालयमा प्यानलसहित मनोनयन दर्ता गराएका हुन् ।

प्रधानको प्यानलबाट जिल्ला नगरतर्फको उपाध्यक्षमा दिनेश श्रेष्ठ, वस्तुगत तर्फको उपाध्यक्षमा अन्जन श्रेष्ठ र एसोसिएटतर्फको उपाध्यक्षमा सौरभ ज्योतिले मनोनयन दर्ता गराएका छन् ।

यसअघि वरिष्ठ उपाध्यक्ष पदका लागि अर्का उम्मेदवार चन्द्र ढकालले पनि प्यानलसहित नै मनोनयन गर्दा गरिसकेका छन् ।

प्रधानले उम्मेदवारी दर्ताअघि राजधानीमा औपचारिक कार्यक्रम गरी आफ्नो प्यानल घोषणा गरेका थिए । कार्यक्रममा उनले आफ्नो टिम सक्षम र समावेशी भएको दाबी समेत गरे । साथै उनले सबै व्यवसायीको समस्या हल गर्ने पनि बताए ।

गत चैत्रमा तोकिएको साधारणसभा कोभिड–१९ का कारण स्थगित गरिएको थियो । महासंघको निर्वाचनसहितको ५४ औं वार्षिक साधारणस मंसिर ११, १२ र १३ गते काठमाडौंमा हुँदैछ ।

महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था छ। सोही व्यवस्था अनुसार वर्तमान वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा अध्यक्ष बन्ने पक्का भएको छ । वरिष्ठ उपाध्यक्षमा भने प्रधान र ढकालको प्रतिस्पर्धा हुने भएको छ ।

प्रकाशित मिति : १७ कार्तिक २०७७, सोमबार  ६ : ०० बजे

बाढी र पहिरोले नारायणगढ-बुटवल सडक अवरुद्ध : वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव

नवलपु – लगातारको वर्षाका कारण आएको बाढी र पहिरोले पूर्व-पश्चिम

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबार लागि विदेशी मुद्राको विनिमय

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल असार ५ गते बिहीबार। असार

आज २०८२ साल असार ५ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार ५ गते बिहीबार। असार

मितेरी सहकारी प्रकरण : ज्योति भण्डारीलाई कम्बोडियाबाट पक्राउ गरि काठमाडौं ल्याइयो

काठमाडौं – मितेरी सहकारी संस्थाको रकम अपचलन प्रकरणमा मुछिएका ज्योतिबहादुर