भियना हमलापछि अष्ट्रियाका मस्जिदहरू बन्द « Khabarhub

भियना हमलापछि अष्ट्रियाका मस्जिदहरू बन्द


२३ कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- अस्ट्रिया सरकारले यसै हप्ताको सुरुमा भियनामा भएको घातक आतंककारी हमलापछि मस्जिदहरू बन्द गर्ने निर्णय गरेको छ ।

छिट्टै आन्तरिक मन्त्री कार्ल नेहम्मर र एकीकरण मन्त्री सुसान राबकोसाथ एक पत्रकार सम्मेलनमा थप विवरण दिने जानकारी दिइएको अल जजीराले उल्लेख गरेको छ ।

गत सोमबार भएको आतङ्ककारी आक्रमणमा चार व्यक्तिको मृत्यु भएको थियो । उक्त आक्रमणलाई अस्ट्रियामा यो दशकमा नै भएको पहिलो ठूलो आतंकवादी हमला भनिएको छ ।

भियना आक्रमणमा गोलीबारी गर्ने व्यक्ति २० वर्षका अस्ट्रियाका नागरिक कुज्टिम फेजुलेई पनि प्रहरीको प्रत्याक्रमणमा मारिएका अल अधिकारीहरूले उल्लेख गरेका छन् ।

अस्ट्रियाका अधिकारीहरूको एक विज्ञप्तिमा भनिएको छ, ‘सम्बन्धित अधिकारीहरूसँगको छलफलपछि हामी एउटा मस्जिद बन्द गर्दैछौं, किनकि यसले राष्ट्रिय सुरक्षालाई खतरामा पार्छ ।’

फेज्जुलेई इस्लामिक स्टेटमा सम्मिलित हुन सिरिया गएका र उनी डिसेम्बरमा जेलबाट छुटेका थिए । जेलबाट छुटेदेखि उनले बारम्बार दुईवटा मस्जिदको भ्रमण गरेका थिए । ती दुई मस्जिदहरू भियनाको पश्चिमी सहरमा थिए ।

प्रकाशित मिति : २३ कार्तिक २०७७, आइतबार  ७ : १० बजे

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा