कोरोना भाइरसबाट विश्वमा बाह्र लाख ५० हजारभन्दा बढीको मृत्यु | Khabarhub Khabarhub

कोरोना भाइरसबाट विश्वमा बाह्र लाख ५० हजारभन्दा बढीको मृत्यु


२३ कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चीनको हुृबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरबाट शुरु भएको कोरोना भाइरसबाट हालसम्म १२ लाख ५० हजार ४९० व्यक्तिको मृत्यु भएकोे जोन्स हप्किङ विश्वविद्यायलले आइतबार जानकारी दिएको छ ।

गत डिसेम्बरमा शुरु भएको यस कोरोना भाइरसबाट हालसम्म ४ करोड ९८ लाख ३५ हजार ८४७ व्यक्ति सङ्क्रमित भइसकेका छन् । तीमध्ये ३ करोड ५५ लाख भन्दा बढी कोरोना मुक्त भएका छन् ।

संयुक्त राज्य अमेरिका सबैभन्दा बढी प्रभावित देश हो यहाँ कोरोना भाइरसबाट २ लाख ३७ हजार ११३ जनको मृत्यु भएको छ । अमोरिकामा ९८ लाख ६० हजार ९५८ व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् ।

अमेरिकापछि ब्राजिलमा १ लाख ६२ हजार २६९ व्यक्तिको कोरोना भाइरसबाट मृत्यु भएको छ । यहाँ ५६ लाख ५३ हजार ५६१ कोरोना भाइरस सङ्क्रमित रहेका छन् । भारतमा १ लाख २६ हजार १२१ जनाको कोरोना भाइरस सङ्क्रमणको कारण मृत्यु भएको छ । यहाँ ८५ लाख ७ हजार ७५४ कोरोना भाइरस सङ्क्रमित भएका छन् ।

मेक्सिकोमा यस भाइरसका कारण ९४ हजार ८०८ जनाको मृत्यु भएको छ भने ९ लाख ६१ हजार १३८ जना सङ्क्रमित भएका छन् ।

बेलायतमा ४८ हजार ९७८ जनाको मृत्यु भएको छ भने ११ लाख ७४ हजार ७७० जनाको कोरोना भाइरस संक्रमित भएका छन् ।

चीनमा कोरोना भाइरसबाट ९१ हजार भन्दा बढी व्यक्ति सङ्क्रमित भए भने ४ हजार ७४१ जनाको यस भाइरसको कारण मृत्यु भएको थियो ।

प्रकाशित मिति : २३ कार्तिक २०७७, आइतबार  १ : ४३ बजे

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं– केही दिनदेखि उच्च वृद्धि सुनचाँदीको मूल्यमा बिहीबारदेखि सामान्य गिरावट

काठमाडौं महानगर- २९ मा तीन सेवा केन्द्र सञ्चालन

काठमाडौँ– काठमाडौँ महानगरपालिकाको वडा नं. २९ ले बिहीबार ३ वटा

बस्ती जोगाउन जैविक तटबन्ध निर्माण

कञ्चनपुर– खेलमैदान, कभर्ड हल र बस्ती जोगाउनका लागि शुक्लाफाँटा नगरपालिका–१०

दैलेखमा ग्यास फेला परेकामा प्रधानमन्त्री खुसी

काठमाडौं–  प्रधानमन्त्री केपी शर्मा ओलीले दैलेखमा भूमिगत ग्यासको स्रोत फेला

प्याजले उचित मूल्य पाएन, बोरामा थन्काउन बाध्य किसान

चितवन– जिल्लामा उत्पादित प्याजले उचित मूल्य पाउन सकेको छैन ।