हङकङबाट पनि सुरू भयो सिटी एक्सप्रेस मनी ट्रान्सफरको सेवा « Khabarhub

हङकङबाट पनि सुरू भयो सिटी एक्सप्रेस मनी ट्रान्सफरको सेवा


२५ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सिटी एक्सप्रेस मनी ट्रान्सफरको सेवा हङकङबाट पनि सुरू भएको छ ।

हङकङको वायरइज् रेमिट्यान्स कम्पनी र सिटी एक्सप्रेसबीच सम्झौता भएसँगै अब हङकङबाट पनि नेपालमा रकम पठाउन सकिने भएको हो ।

सिटी एक्सप्रेसका प्रवन्ध निर्देशक चन्द्र टण्डन र वायरइजका निर्देशक रितु त्रिपाठीबीच रेमिट्यान्स कारोबार सुरू गर्ने सम्झौतामा हस्ताक्षर भएको हो ।

हङकङमा हुने नेपालीहरुले वायरइज् रेमिट्यान्सको सेवा प्रयोग गरी सिटी एक्सप्रेसमार्फत अब सजिलै आफन्तलाई नेपालमा पैसा पठाउन सक्नेछन् ।

सिटी एक्सप्रेससँग आवद्ध नेपालका १० हजार भन्दाबढी  जुनसुकै एजेन्टहरूबाट रकम भुक्तानी लिन सकिने कम्पनीले जनाएको छ ।

यसअतिरिक्त नेपालको जुन सुकै बैंकको खातामा रकम जम्मा गर्न र मोबाइल वालेटमा लोड गर्न सकिने जनाइएको छ ।

यही नोभेम्बर ३० सम्म रकम पठाउनेका लागि कुनै शुल्क नलिइने पनि कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : २५ कार्तिक २०७७, मंगलबार  ७ : २१ बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह