सभामुख सापकोटा र उत्तर कोरियाली राजदूतबीच भेटवार्ता  « Khabarhub

सभामुख सापकोटा र उत्तर कोरियाली राजदूतबीच भेटवार्ता 


२५ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सभामुख अग्निप्रसाद सापकोटा र नेपालका लागि उत्तर कोरियाली राजदूत जो योङ्ग मनबीच शिष्टाचार भेटवार्ता भएको छ।

सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा मंगलबार भएको भेटमा सभामुख सापकोटाले राजदूत मनलाई उत्तर कोरियाले कोभिड–१९ नियन्त्रणमा प्राप्त गरेको सफलताका लागि बधाई दिंदै बाँकी विश्वसामु उदाहरणीय कार्य गरेर देखाएकोमा खुसी व्यक्त गरे।

उनले नेपाल सम्पूर्ण रुपमा कोभिड–१९ विरुद्ध केन्द्रित रहेको चर्चा गर्दै यो महामारीपछि दुई देशका संसद, सरकार र जनताबीचको सम्बन्धसँग जोडिएका कार्यहरु पुनः क्रियाशील हुने र दुई देशबीच उच्चस्तरीय भ्रमण आदान प्रदान हुने विश्वास व्यक्त गरे।

नेपालमा बाढी पहिरो र कोभिड १९ का कारण परेको अप्ठेरोप्रति चिन्ता व्यक्त गरेकोमा सभामुख सापकोटाले राजदूत मनलाई धन्यवाद दिए।

राजदूत मनले उत्तर कोरियाले अपनाएको उच्च सतर्कताका कारण कुनै पनि नागरिक कोभिड–१९ बाट संक्रमित नभएको जानकारी दिंदै कोभिड–१९ कै कारण पार्टी स्थापनाको ७५ औं बर्षको कार्यक्रममा भने नेपाल लगायत अन्य मित्रराष्ट्रलाई निमन्त्रणा गर्न नसकिएको बताए।

राजदूत मनले नेपालमा कोभिड–१९ र बाढी पहिरोबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै यहाँको संसद र सरकारको प्रयासबाट नेपालले छिट्टै कोभिडमाथि जित हासिल गर्ने विश्वास व्यक्त गरे।

प्रकाशित मिति : २५ कार्तिक २०७७, मंगलबार  ८ : ४८ बजे

जीविकोपार्जनमा ‘भैँसीपालन कार्यक्रम’ सञ्चालन

कैलाली– जीविकोपार्जनका लागि कैलालीका नौ वटा स्थानीय तहमा भैँसीपालन कार्यक्रम

चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन

काठमाडौंं– सङ्घीय सरकारले चालु आर्थिक वर्षको ११ महिनामा राजस्वतर्फ १०

सेउलुङ बस्ती पहिरो जोखिममा

म्याग्दी– स्थानीय मालिका गाउँपालिका–३ मा अवस्थित सेउलुङ बस्ती पहिरोको उच्च

७२ वर्षमा पनि कृषिमा सक्रिय छन् जिरीका लाक्पा

दोलखा– जिरी नगरपालिका–१ पुम्पाका ७२ वर्षीय लाक्पा शेर्पा उमेरले बुढेसकाल लागे पनि

बकैयामा २९ टन खरबुजा उत्पादन

मकवानपुर– बाग्लुङको काठेखोला गाउँपालिका–२ मा स्थायी घर भई हाल काठमाडौँ महापालिका–२६