सभामुख सापकोटा र उत्तर कोरियाली राजदूतबीच भेटवार्ता  | Khabarhub Khabarhub

सभामुख सापकोटा र उत्तर कोरियाली राजदूतबीच भेटवार्ता 


२५ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सभामुख अग्निप्रसाद सापकोटा र नेपालका लागि उत्तर कोरियाली राजदूत जो योङ्ग मनबीच शिष्टाचार भेटवार्ता भएको छ।

सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा मंगलबार भएको भेटमा सभामुख सापकोटाले राजदूत मनलाई उत्तर कोरियाले कोभिड–१९ नियन्त्रणमा प्राप्त गरेको सफलताका लागि बधाई दिंदै बाँकी विश्वसामु उदाहरणीय कार्य गरेर देखाएकोमा खुसी व्यक्त गरे।

उनले नेपाल सम्पूर्ण रुपमा कोभिड–१९ विरुद्ध केन्द्रित रहेको चर्चा गर्दै यो महामारीपछि दुई देशका संसद, सरकार र जनताबीचको सम्बन्धसँग जोडिएका कार्यहरु पुनः क्रियाशील हुने र दुई देशबीच उच्चस्तरीय भ्रमण आदान प्रदान हुने विश्वास व्यक्त गरे।

नेपालमा बाढी पहिरो र कोभिड १९ का कारण परेको अप्ठेरोप्रति चिन्ता व्यक्त गरेकोमा सभामुख सापकोटाले राजदूत मनलाई धन्यवाद दिए।

राजदूत मनले उत्तर कोरियाले अपनाएको उच्च सतर्कताका कारण कुनै पनि नागरिक कोभिड–१९ बाट संक्रमित नभएको जानकारी दिंदै कोभिड–१९ कै कारण पार्टी स्थापनाको ७५ औं बर्षको कार्यक्रममा भने नेपाल लगायत अन्य मित्रराष्ट्रलाई निमन्त्रणा गर्न नसकिएको बताए।

राजदूत मनले नेपालमा कोभिड–१९ र बाढी पहिरोबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै यहाँको संसद र सरकारको प्रयासबाट नेपालले छिट्टै कोभिडमाथि जित हासिल गर्ने विश्वास व्यक्त गरे।

प्रकाशित मिति : २५ कार्तिक २०७७, मंगलबार  ८ : ४८ बजे

मोरङको पाथिभरा माता मन्दिरमा लाखबत्ती प्रज्वलन

मोरङ – पाथिभरा माता मन्दिरमा लाख बत्ती बालेर दिप प्रज्वलन

विज्ञहरु भन्छन्– डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी

काठमाडौं – डढेलो नियन्त्रण गर्न सरोकारवाला निकायबीच प्रभावकारी समन्वय र

अदालतभित्रै श्रीमानद्वारा श्रीमतीमाथि कुटपिट

तम्घास – गुल्मी जिल्ला अदालतको भवनभित्र श्रीमानले श्रीमतीमाथि कुटपिट गरेका

घुससहित मालपोतका सुब्बा पक्राउ

बुटवल – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय कपिलवस्तुका नायव

मातातीर्थ मेला भोलिदेखि, सम्पूर्ण तयारी पूरा

काठमाडौं – प्रत्येक वर्ष वैशाख कृष्णपक्ष आमाको मुख हेर्ने औँसीका