२ लाख धरौटी तिर्न नसकेर थुनामा रहेका विप्लव कार्यकर्ता जेलबाट भागे « Khabarhub

२ लाख धरौटी तिर्न नसकेर थुनामा रहेका विप्लव कार्यकर्ता जेलबाट भागे


२६ कार्तिक २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बझाङ – बझाङ कारागारबाट रहेका विप्लव समूहका एकजना कार्यकर्ता फरार भएका छन् । बुधवार बिहान करीब सवा ६ बजे उनी फरार भएका हुन् ।

हिरासतमा रहेका छबिसपाथिभेरा गाउँपालिका वडा नम्बर ५ का ३५ वर्षीय प्रविन धामीलाई सदरमुकाम चैनपुरको कारागार राखिएको थियो ।

जेलर झलक रोकायाले उनी विप्लव समूहका कार्यकर्ता रहेको बताए ।

गत कात्तिक १८ गते पुर्पक्षका थुनामा रहेका धामीविरूद्ध राष्ट्रिय तथा सार्वजनिक सम्पदाविरूद्धको कसुरमा मुद्दा चलाइएको थियो ।

उनमा कार्तिक १७ गते उनमा कोरोना भाइरस पुष्टि भएको । संक्रमण पुष्टि भएपछि उनलाई कारागारभित्रैको आइसोलेसनमा राखिएको थियो ।

कोरोना देखिएपछि उनलाई बन्दीगृह भन्दाबाहिरको आइसोलेसनमा राखिएको थियो । जेलर रोकायाका अनुसार उनी प्रहरीको ड्युटी परिवर्तन हुने समयमा पर्खाल चढेर भागेका हुन् ।

फरार भएका धामीलाई प्रहरीले खोजी थालेको छ । उनलाई अदालतले १० लाख धरौटी मागेको र तिर्न नसकेपछि थुनामा पठाइएको थियो ।

प्रकाशित मिति : २६ कार्तिक २०७७, बुधबार  १ : ५२ बजे

सानेपा पुगेर चन्द्र भण्डारीले भने, ‘यो उमेरमा देउवालाई छोराछोरीले नस्याहारेर कसले स्याहार्छ ?’

काठमाडौं- नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सानेपा पुगेर आफ्नै घर

‘रास्वपा संविधानको मूल संरचनामै प्रहार गर्न खोज्दैछ, मुलुक फेरि द्वन्द्वमा जान सक्छ’

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षमान पुन ‘अनन्त’ले

बाढीमा बेपत्ता नागरिकका परिवारलाई कानुनी अधिकारबाट वञ्चित नगर्न सांसदको माग

काठमाडौं-, १ असोजः सांसदहरूले भोटेकोशी तथा रसुवा बाढीमा बेपत्ता नागरिकको

भारतमाथि १०० प्रतिशतसम्म ट्यारिफ लगाउने ट्रम्पको योजनामा संसद्ले दियो साथ

वासिङ्टन डीसी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतलगायत रुसबाट ठूलो परिमाणमा

ट्रम्प सरकारले हुथी विद्रोहीसँग गोप्य सम्झौता गर्‍यो, साउदीका जहाजमाथिको आक्रमण भने नरोक्ने

वासिङ्टन डीसी– अमेरिकाले यमनका हुथी विद्रोहीसँग गोप्य सम्झौता गरेको रिपोर्ट