टेली मेडिसिन सेवा दिन इच्छुक स्वास्थ्य संस्थालाई सम्पर्कमा आउन सरकारको आग्रह | Khabarhub Khabarhub

टेली मेडिसिन सेवा दिन इच्छुक स्वास्थ्य संस्थालाई सम्पर्कमा आउन सरकारको आग्रह


२६ कार्तिक २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले होम आइसोलेसनमा हुने कोरोना संक्रमितलाई टेलि मेडिसिन सेवा दिन इच्छुक स्वास्थ्यसंस्थालाई सम्पर्कमा आउन आग्रह गरेको छ ।

मन्त्रालयअन्तर्गत रहेको स्वास्थ्य सेवा विभागको उपचारात्मक सेवा महाशाखाले कोरोना संक्रमणको समयमा होम आइसोलेसनमा रहेका संक्रमितलाई टेलिमेडिसिन सेवाद्धारा स्वास्थ्य सेवा परामर्श सामान्य उपचार, थप आवश्यक सूचना प्रदान गर्न इच्छुक स्वास्थ्यसंस्थालाई सूचीकृत हुन आग्रह गरेको हो ।

सेवा दिन इच्छुक स्वास्थ्यसंस्थाका सेवा प्रदायक स्वास्थ्यकर्मीहरु सम्बन्धित परिषद्हरुमा दर्ता हुनुपर्ने पनि महाशाखाले जनाएको छ ।

पछिल्लो समय कोरोना संक्रमित बढ्दै जाँदा होम आइसोलेसनमा रहने संक्रमितको संख्या पनि बढी छन् । होम आइसोलेसनमै सामान्य लक्षण देखिएका संक्रमितहरु समेत रहेको र स्वास्थ्य परामर्शको अभावमा उनीहरुमा पछि समस्या थपिने गरेको छ ।

यस्तै पछिल्लो समय होम आइसोलेसनमा रहेका कोरोना संक्रमितको मृत्यु समेत हुन थालेपछि स्वास्थ्य मन्त्रालयलले होम आइसोलेसनमा हुने संक्रमितलाई टेलि मेडिसिन सेवा दिने निर्णय गरेको थियो ।

प्रकाशित मिति : २६ कार्तिक २०७७, बुधबार  ४ : ४२ बजे

नेपाललाई हराउँदै स्कटल्याण्डले जित्यो टी–२०आई सिरिजको उपाधि

काठमाडौं – नेपाललाई हराउँदै स्कटल्याण्डले त्रिकोणात्मक टी–२० सिरिजको उपाधि जितेको

सङ्घीय निजामती विधेयक असारभित्रै आउने

रौतहट – सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले सङ्घीय

बनेपा नगरको बजेट रु एक अर्ब २४ करोड ६५ लाख

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकामा आगामी आर्थिक वर्ष २०८२/८३ का

नेपालले सस्तैमा गुमायो पाँच विकेट, कप्तान पनि आउट

काठमाडौं – त्रिकोणात्मक टी–२० सिरिजमा आयोजक स्कटल्यान्डले दिएको १९४ रनको

वामपन्थी ध्रुवीकरणका लागि नेताहरूबीच छलफल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता