भारतीय पत्रकार गाेस्वामी जमानतमा रिहा « Khabarhub

भारतीय पत्रकार गाेस्वामी जमानतमा रिहा


२६ कार्तिक २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतीय पत्रकार अर्नब गोस्वामी जमानतमा रिहा भएका छन् । गोस्वामीलाई सर्वाेच्च अदालतले जमानतमा रिहा गर्ने आदेश सुनाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

यसअघि मुम्बईको उच्च अदालतले गोस्वामीलाई जमानत दिन अस्वीकार गरेको थियो । मुम्बई उच्च अदालतले जमानत नदिनु निकै गलत भएकाे सर्वाेच्च अदालतले बताएकाे छ ।

अलीबागका इन्टेरियर डिजाइनरलाई आत्महत्या गर्न बाध्य बनाएको आरोपमा पत्रकार गोस्वामीलाई गत १९ गते उनकै घरबाट प्रहरीले पक्राउ गरेको थियो ।

डिजाइनर अन्वय नाइकले आत्महत्या गर्नुपूर्व लेखेको सुसाइड नोटमा आफूले पाउनुपर्ने ५ करोड ४० लाख भारतीय रुपैयाँ नपाएकोले आत्महत्या गर्नुपरेको लेखेको सञ्चारमाध्यमले बताएका छन् ।

गोस्वामीले हिरासतमा रहँदा आफूमाथि कुटपिट भएको र दुर्व्यवहार गरिएको आरोप लगाएका छन् ।

प्रकाशित मिति : २६ कार्तिक २०७७, बुधबार  ७ : २४ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु