बादलले ढाकेपछि थप मनमोहक देखिन्छ मानहुँकोट डाँडा (फोटो फिचर) « Khabarhub

बादलले ढाकेपछि थप मनमोहक देखिन्छ मानहुँकोट डाँडा (फोटो फिचर)



मानहुँकोट – तनहुँको मानहुँकोट यतिबेला चर्चामा छ ।

कोरोना कहरले विश्व आक्रान्त भई आम नेपालीलाई अत्यावश्यक काम नपरी घरबाहिर नजान सरकारले बारम्बार भनिरहँदा मानहुँकोटको डाँडामा हिजोआज हरेक दिन बिहानैदेखि हजारौं मान्छेहरु लाम लागेका देखिन्छ ।

तनहुँको ब्यास नगरपालिका ५ स्थित मानहुँकोट डाँडामा न त यहाँ कुनै मठ मन्दिर छ, न कुनै भौतिक संरचना नै ।

तर तनहुँको सदरमुकाम दमौलीमा घाम छेक्ने नाङ्गो डाँडा मानहुँकोटमा कोरोना संक्रमणको उच्च जोखिम मोलेरै भए पनि मानिसको लर्को लाग्ने गर्छ ।

समुद्र सतहदेखि करिब २३ सय मिटर उचाइमा रहेको मानहुँकोट यसअघि मगरबस्तीका रुपमा चिनिन्थ्यो । पानीको अभावले गर्दा बस्ती विस्थापित हुँदै गयो ।

खाल्डो खनेर पोखरीमा जम्मा गरेको पानी खानुपार्ने बाध्यता थियो मानहुँकोटबासीलाई । मानहुँकोट डाँडा आसपास अहिले ७ घर मात्रै बाँकी छन ।

अहिले पनि कुनै पनि सुविधा पाउन नसकेको मानहुँकोट डाँडामा दशैं अवधिमा धेरै मानिसले अवलोकन गरे । मानिसहरुको बढ्दो चहलपहललाई देखेर ब्यास नगरपालिका मात्र होइन, देशैभरीका पर्यटन ब्यवसायीहरु चित परे ।

बास्तवमा त्यहाँबाट सेताम्मे देखिने अन्नपूर्ण र मनास्लु हिमाल नै यहाँको आकर्षण बनेको हो । यतिबेला मानिसहरु त्यही हिमालको दृश्यावलोकन गर्न मानिसहरु त्यहाँ पुगे । हिमालको मनमोहक दृष्यले मात्र नभएर दमौलीलाई कुहिरोले ढाकेको दृष्य पनि उत्तिकै आकर्षित बन्ने गरेको छ ।

व्यास नगरपालिकास्थित पृथ्वी राजमार्गको चापाघाटबाट ६ किलोमिटरको दूरीमा रहेको रहेको मानहुँकोटमा आन्तरिक पर्यटकको अत्याशित चाप बढेपछि नगरपालिकाले उक्त ठाउँमा जग्गा किनबेचमा रोक लगाएको छ ।

कोरोना संक्रमणका कारण दैनिक ३ सय भन्दा बढी मान्छे प्रवेश गर्न रोक लगाउने नगरपालिकाले निर्णय गरे पनि अहिले पनि दैनिक हजार मानिसहरु पुग्ने गरेको बताइन्छ ।

मानहुँकोटलाई पर्यटन प्रवर्द्धन गर्न भन्दै नगरपालिकाले पूर्वाधार निर्माण कार्य तीब्र बनाएको छ । नगरप्रमुख बैकुण्ठ न्यौपानेका अनुसार डाँडामा ३७ लाख लगानीमा भ्यू टावर तथा शौचालय र खानेपानीको ब्यवस्था गरिँदैछ भने सडक कालोपत्रे गर्ने काम पनि अघि बढाइएको छ ।

पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले मानहुँकोटमा पूर्वाधार निर्माणका लागि नगरपालिकाले २५ लाख रुपैयाँ बजेट छुट्याएको छ ।

एक्कासी सो क्षेत्रमा दैनिक मानिसहरुको भीड बढ्न थालेपछि  नवलपुरबाट पुगेका निरज तिमिल्सिनाले भने– ‘साँच्चिैकै स्वर्ग रहेको मानहुँकोट ।’

 

प्रकाशित मिति : ३० कार्तिक २०७७, आइतबार  ११ : ०५ बजे

इजरायलद्वारा वेस्ट ब्यांकबाट २३ जना प्यालेस्टिनी पक्राउ

एजेन्सी– इजरायली कब्जा बल (आइओएफ) ले बुधबार वेस्ट ब्यांकका विभिन्न

निर्वाचन लक्षित सुरक्षा व्यवस्थासहित रौतहटको सीमा नाकामा कडाइ

रौतहट– आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा अवाञ्छित गतिविधि हुनसक्ने सम्भावनालाई दृष्टिगत

बागी उम्मेदवारलाई चुनावपछि पार्टीमा फर्किने छुट छैन : लेखनाथ दाहाल

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का नेता लेखनाथ दाहालले निर्वाचनमा पार्टीलाई धोका

गगन टिमले कपी गर्‍यो ओलीको ‘झोले’ स्टाइल : गगनलाई समर्थन गर्दा बाख्रा कराउने

काठमाडौं– अहिले पनि झिनो रूपमा जारी रहेको तर, विगतमा एमालेका

प्रतिनिधिसभा निर्वाचन : कांग्रेस मधेस झर्दा रास्वपा सुदूरपश्चिमतिर

काठमाडौं– नेपाली कांग्रेसले निर्वाचन लक्षित पहिलो सभा मधेसको जनकपुरबाट गर्ने