सचिवालय सदस्यले सामूहिक राजीनामा दिऔं : महासचिव पौडेल | Khabarhub Khabarhub

सचिवालय सदस्यले सामूहिक राजीनामा दिऔं : महासचिव पौडेल


३ मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीका महासचिव विष्णुप्रसाद पौडेलले सचिवालय समितिका सबैले सामूहिक राजीनामा दिनुपर्ने प्रस्ताव गरेका छन् ।

अहिलेको नेतृत्वबाट पार्टी अगाडि बढ्ने संभावना नरहेको भन्दै उनले बुधबारको सचिवालय समितिको बैठकमा सामूहिक राजीनामाको प्रस्ताव गरेका एक सचिवालय सदस्यले जानकारी दिए ।

पौडेलले सचिवालयका नौ जनाले नै सामूहिक राजीनामा दिएर नयाँ नेतृत्व तयार पार्नुपर्ने प्रस्ताव गरेको उनले बताए ।

‘यो टीमले पार्टीलाई अगाडि लैजान सक्दैन । नयाँ शिराबाट नेतृत्व निर्माण गर्न हामी सवैलाई सामूहिक राजीनामा दिऔं’, पौडेलको प्रस्ताव थियो ।

बुधबारको सचिवालय समितिमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले तथ्यपरक प्रतिवेदन ल्याउने बताएका छन् ।

बुधबार बसेको सचिवालय बैठकमा आफूलाई प्रतिवेदन लेख्न समय लाग्ने बताए । उनले आफूमाथि लागेको गम्भीर आरोपहरुको खण्डन नगरी अगाडि बढ्न नसकिने बताएका थिए ।

बैठक स्रोतका अनुसार, प्रधानमन्त्री ओलीले राखेको प्रस्ताव अनुसार, दश दिनका लागि सचिवालय बैठक स्थगित गरिएको छ ।

 

प्रकाशित मिति : ३ मंसिर २०७७, बुधबार  ४ : १६ बजे

सुहाङले भने- १९ जनाको हत्या र जेन–जीका नाममा भएको विध्वंशको न्यायिक छानबिन हुनुपर्छ

इलाम– इलाम क्षेत्र नम्बर २ बाट निर्वाचित नेकपा एमालेका सांसद

सामाजिक सद्भाव बलियो बनाउँदै नयाँ बाटो पहिल्याउनुपर्छ : मुख्यमन्त्री

गण्डकी– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सामाजिक एकता र सद्भाव

जंगीअड्डामा वार्ता चल्दै गर्दा गेटमा जेनजीको आक्रोश : हामीलाई पनि भित्र जान दिइयोस्

काठमाडौँ- जंगीअड्डा भद्रकाली पुगेका केही जेन-जी युवाहरूले आफूलाई पनि वार्तामा

राजतन्त्र फर्काउने षडयन्त्र स्वीकार्य छैन : बृहत नागरिक आन्दोलन

काठमाडौं– बृहत नागरिक आन्दोलनले नेपाली सेनाको मध्यस्थतामा राजतन्त्र फर्काउने र

लेतेखोलाको बाढीले भौतिक संरचनामा क्षति

म्याग्दी– जिल्लाको बेनी नगरपालिका-४ सिङ्गा तातोपानीमा रहेको लेतेखोलामा आज बिहान