सचिवालय सदस्यले सामूहिक राजीनामा दिऔं : महासचिव पौडेल « Khabarhub

सचिवालय सदस्यले सामूहिक राजीनामा दिऔं : महासचिव पौडेल


३ मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीका महासचिव विष्णुप्रसाद पौडेलले सचिवालय समितिका सबैले सामूहिक राजीनामा दिनुपर्ने प्रस्ताव गरेका छन् ।

अहिलेको नेतृत्वबाट पार्टी अगाडि बढ्ने संभावना नरहेको भन्दै उनले बुधबारको सचिवालय समितिको बैठकमा सामूहिक राजीनामाको प्रस्ताव गरेका एक सचिवालय सदस्यले जानकारी दिए ।

पौडेलले सचिवालयका नौ जनाले नै सामूहिक राजीनामा दिएर नयाँ नेतृत्व तयार पार्नुपर्ने प्रस्ताव गरेको उनले बताए ।

‘यो टीमले पार्टीलाई अगाडि लैजान सक्दैन । नयाँ शिराबाट नेतृत्व निर्माण गर्न हामी सवैलाई सामूहिक राजीनामा दिऔं’, पौडेलको प्रस्ताव थियो ।

बुधबारको सचिवालय समितिमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले तथ्यपरक प्रतिवेदन ल्याउने बताएका छन् ।

बुधबार बसेको सचिवालय बैठकमा आफूलाई प्रतिवेदन लेख्न समय लाग्ने बताए । उनले आफूमाथि लागेको गम्भीर आरोपहरुको खण्डन नगरी अगाडि बढ्न नसकिने बताएका थिए ।

बैठक स्रोतका अनुसार, प्रधानमन्त्री ओलीले राखेको प्रस्ताव अनुसार, दश दिनका लागि सचिवालय बैठक स्थगित गरिएको छ ।

 

प्रकाशित मिति : ३ मंसिर २०७७, बुधबार  ४ : १६ बजे

केन्यासहित अफ्रिकी मुलुकमा रहेका नेपालीको समस्या समाधान गर्न कूटनीतिक पहलको माग

काठमाडौँ – केन्यासहित अफ्रिकी मुलुकमा बसोबास गरिरहेका नेपालीहरूले भोग्नुपरेका कानुनी

सरावल गाउँपालिकाको भवन निर्माणको अन्तिम चरणमा

नवलपरासी– सरावल गाउँपालिकाको रु छ करोड ८५ लाख लागतको निर्माण थालिएको

बाढीपीडितलाई ६३ लाख सहयोग

बनेपा– भोटेकाशी बाढीपीडितको सहयोगार्थ पाँचखाल नगरपालिका र खानीखोला गाउँपालिकाले ६३ लाख

महामन्त्रीमा प्रदीपको अग्रता, अमरसिंहलाई उदयले उछिने

काठमाडौं– नेपाली कांग्रेसको महामन्त्री (खुला) पदमा प्रदीप पौडेलले अग्रता कायम

उपसभापति खुल्लातर्फ चन्द्र भण्डारीको अग्रता कायम, गुरुङ चौथो स्थानमा

काठमाडौं– नेपाली कांग्रेस उपसभापतिको मतगणना चलिरहँदा खुल्लामा चन्द्र भण्डारीले अग्रता