भारतमा भीषण हावाहुरी, कम्तीमा ६० को मृत्यु « Khabarhub

भारतमा भीषण हावाहुरी, कम्तीमा ६० को मृत्यु


५ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-भारतका विभिन्न राज्यमा भीषण आँधीसहितको चट्याङका कारण ६० जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । आँधीको प्रभाव सबैभन्दा धेरै राजस्थान र उत्तर प्रदेशमा परेको छ ।

राजस्थानमा बालबालिकासहित ११ जनाको मृत्यु भएको छ । त्यस्तै गुजरात र अहमदावाद राजकोट, पटनालगायतका क्षेत्रमा बढी क्षति पुगेको छ ।
भारतको मौसम तथा जलवायु विभागले आज (बिहीबार) पनि भारी वर्षा हुने अनुमान गरेको छ ।

भारत सरकारले आँधी पीडितका लागि राहतको पनि घोषणा गरेको छ । जसअन्तर्गत पहिलो चरणमा ज्यान गुमाएका व्यक्तिका परिवारलाई प्रतिव्यक्ति २ लाख र घाइतेलाई ५० हजार भारतीय रुपैयाँ दिने निर्णय गरेको छ ।

गत वर्ष पनि यही समयमा भारतको उत्तर प्रदेशमा आँधीसहितको हावाहुरी र चट्याङ परेको थियो । त्यसमा १ सय बढीले ज्यान गुमाएका थिए ।

नेपालको बारा र पर्सामा आएको आँधी हुरी टोर्नाडो भएका कारण भारतमा पनि टोर्नाडो गएको हुन सक्ने अनुमान गरिएको छ।

प्रकाशित मिति : ५ बैशाख २०७६, बिहीबार  ९ : ५३ बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह