हावाहुरी प्रभावित क्षेत्रमा साढे ९ लाखको सामान लिएर पुगे धुर्मुस « Khabarhub

हावाहुरी प्रभावित क्षेत्रमा साढे ९ लाखको सामान लिएर पुगे धुर्मुस


५ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- हास्यकलाकार तथा अभियन्ता सीताराम कट्टेल ‘धुर्मुस’ ले बारा र पर्सामा ‘टोर्नाडो’ ले प्रभावित क्षेत्रमा पुगेर राहत तथा सहयोग हस्तान्तरण गरेका छन् ।

धुर्मुस सुन्तली फाउन्डेसनमा उठेको ९ लाख ४४ हजार १ सय १८ रुपैयाँ बराबरको शैक्षिक साम्रगी बारा र पर्साका करीब ८ सय बालबालिकाहरुका लागि वितरण गरिएको सीताराम कट्टेलले जानकारी दिए ।

‘शैक्षिक साम्रगीका साथसाथै केही लत्ताकपडा पनि वितरण गरेका छौँ, यो अभियानमा सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी मनहरुलाई हार्दिक धन्यवाद एवम् आभार व्यक्त गर्न चाहन्छौँ,’ सीतारामले भने, ‘गत शनिवार सम्पन्न भएको मातृभूमि कपको पूर्ण विवरण आउन बाँकी रहेको हुनाले हामीले घोषणा गरेको सहयोग पनि यही अभियानका लागि खर्चिने छौँ ।’

चैतको अन्तिम साता बारा र पर्सामा आएको हावाहुरीले २७ जनाको ज्यान लिएको थियो ।

तस्वीर – धुर्मुस सुन्तली फाउन्डेसनको फेसबूकबाट

प्रकाशित मिति : ५ बैशाख २०७६, बिहीबार  ११ : ५४ बजे

नेपाल आयल निगमले काठमाडौँका यी पाँच ठाउँबाट खाना पकाउने ग्यास वितरण गर्दै

काठमाडौँ– नेपाल आयल निगमले आज काठमाडौँका विभिन्न पाँच ठाउँबाट खाना

बाढीपहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ– अविरल वर्षाका कारण देशका विभिन्न स्थानका सडक अवरुद्ध भएका

देशभर मनसुन सक्रिय, केही प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

१५ जनामा औलो रोगको सङ्क्रमण

चितवन– गत आर्थिक वर्षमा चितवनका विभिन्न अस्पतालमा उपचारका लागि आएका

बेनी–जोमसोम–कोरला सडक : नौ वर्षमा आठ अर्ब ९६ करोड खर्च

मुस्ताङ– चीन र भारतलाई जोड्ने त्रिदेशीय (बेनी–जोमसोम–कोरला) सडकमार्ग योजनाका लागि