राजस्व संकलनको लक्ष्य पूरा हुने गरी काम गर्न अर्थमन्त्रीको निर्देशन | Khabarhub Khabarhub

राजस्व संकलनको लक्ष्य पूरा हुने गरी काम गर्न अर्थमन्त्रीको निर्देशन


८ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालू आर्थिक वर्षको बजेट बक्तव्यमा उल्लेखित राजस्व संकलनको लक्ष्य पूरा गर्ने गरी काम गर्न निर्देशन दिएका छन् ।

अर्थ मन्त्रालयका सचिवहरु, आन्तरिक राजस्व विभाग र भन्सार विभागका महानिर्देशक, भन्सार तथा आन्तरिक राजस्व कार्यालयका प्रमुखहरु लगायतको सहभागितामा सोमबार आयोजित कार्यक्रममा अर्थमन्त्री पौडेलले कोभिड– १९ ले सिर्जना गरेका चुनौतीहरुको सामना गर्दै राजस्व संकलनको लक्ष्य पूरा गर्न कुनै सम्झौता नगर्ने बताए ।

उनले नियतवश त्रुटी, कमजोरी गर्ने र असल मनसायबाट बिचलित हुने कर्मचारी लगायत जो कोहीलाई पनि नछोड्ने बताए ।

डर, त्रास सिर्जना गरेर कर्मचारीहरुलाई काममा नलगाउने स्पष्ट पार्दै अर्थमन्त्री पौडेलले योग्यता र क्षमताको कदर सहित काम गर्ने अनुकुल परिस्थिति सिर्जना गरेर परिणाम निकाल्ने बताउए ।

‘कठिनाइ र समस्याहरुलाई समाधान गर्न मन्त्रालयले सहयोग, सहजीकरण र प्रोत्साहन गर्छ । लक्ष्य पूरा भए हामी सम्मान गर्छौ । पूरा नभए तपाईँहरु दण्डित हुनुपर्छु,’ उनले भने ।

अर्थमन्त्री पौडेलले कोभिडका कारण ‘ब्याक गेयर’ लगाएर राजस्वको लक्ष्य निर्धारण गरिएको भन्दै चालू आर्थिक वर्ष सकिँदा धेरैलाई सम्मान गर्ने वातावरण बनाउन अनुरोध गरे ।

भर्चुअल माध्यमबाट आयोजना गरिएको कार्यक्रममा अर्थसचिव शिशिरकुमार ढुङ्गानाले राम्रो काम गर्नेलाई मन्त्रालयले संरक्षण तथा पुरस्कृत गर्ने र कार्य सम्पादन कमजोर भए मन्त्रालय कठोर बन्ने बताए ।

राजस्व सचिव रामशरण पुडासैनीले चुहावट नियन्त्रणमा विशेष ध्यान दिन आग्रह गर्दै लगानीलाई प्रोत्साहन गर्ने गरी काम गर्न अनुरोध गरे ।

कार्यक्रममा १ सय भन्दा बढी कर्मचारीको सहभागिता थियो ।

प्रकाशित मिति : ८ मंसिर २०७७, सोमबार  ८ : १२ बजे

भाटभटेनी लुटपाटमा पक्राउ परेका थिए कांग्रेस सह-महामन्त्री यादव पुत्र

काठमाडौं– गत चैत १५ गते राजावादीहरूले काठमाडौंको तीनकुने क्षेत्रमा गरेको

मधेशमा स्विस सरकारको आगामी परियोजनाबारे योजना तर्जुमाको तयारी

धनुषा – स्विस सरकारद्वारा नेपालमा सञ्चालित परियोजनाको मूल्याङ्कन तथा आगामी

जनताले संवैधानिक आधारभूत अधिकार पाउनुपर्छ : सांसद महतो

काठमाडौं– जनता समाजवादी पार्टीका नेता तथा प्रतिनिधिसभाका सांसद वीरेन्द्रप्रसाद महतोले

आवासीय चिकित्सकले ओपिडी सेवा बहिष्कार गर्दा बिरामी मर्कामा

काठमाडौं– आवासीय चिकित्सकहरूले अस्पतालमा ओपिडी सेवा ठप्प पार्दा अस्पताल आएका

सरकारले नागरिकको असन्तुष्टि चिर्ने गरी काम गर्नसकोस्– एमाले सचिव विष्ट

काठमाडौं – नेकपा एमालेका सचिव तथा सांसद गोकर्णराज विष्टले सरकारले