विश्वकप छनोटको अन्तिम खेलमा नेपाल ८ विकेटले विजयी « Khabarhub

विश्वकप छनोटको अन्तिम खेलमा नेपाल ८ विकेटले विजयी


५ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आईसीसी यु–१९ विश्वकप छनोट प्रतियोगिताको अन्तिम खेलमा नेपाल कुवेतसँग ८ विकेटले विजयी भएको छ ।

कुवेतले दिएको १ सय ५८ रनको लक्ष्य नेपालले २८ ओभर खेल्दै २ विकेट गुमाएर पूरा गर्‍यो ।

नेपालका लागि ओपनरद्वय रित गौतम र पवन सर्राफले ९३ रनको साझेदारी गरे । दुवै जनाले अर्ध सतक पूरा गरे ।

पहिलो विकेटका रुपमा आउट भएका पवनले ६१ बलमा ८ चौका र १ छक्कासहित गरी ५३ रन बनाए भने रितले ८४ बलमा ६२ रन बनाए । रितले ७ चौका प्रहार गरेका थिए ।

नटआउट रेका आसिफ शेखले २० खेल्दै ३१ रन बनाए । उनले ५ चौका र १ छक्का प्रहार गरे । नटआउट रहेका अर्का ब्याट्सम्यान सन्दिप जोराले ३ बलमा ५ रन जोडे । सन्दिपले १ चौका प्रहार गरेका थिए ।

कुवेतका हानोद अमानुल्लाह र अब्दूल सदिकले १–१ विकेट लिए ।

कुवेतलाई १ सय ५७ रनमा समेट्ने क्रममा कप्तान रोहित पौडेलले ३ विकेट लिए । यस्तै, रसिद खान, सूर्य तामाङ र कुशल मल्लले समान २–२ विकेट लिए ।

कुवेतसँगको अन्तिम खेलमा जीत हात पारेपनि आईसीसी यु–१९ विश्वकप खेल्ने नेपालको संभावना समाप्त भइसकेको छ ।

युएईले ओमानलाई हराएसँगै नेपालको विश्वकप खेल्ने संभावना सकिएको हो ।

ओमानसँगको अन्तिम खेलमा युएईले १० विकेटको जीत निकाल्दै विश्वकपमा स्थान पक्का गरेको हो ।

छनौट प्रतियोगितामा सम्मेलिन ६ टोलीमध्ये शीर्ष स्थानमा रहने टोली मात्रै विश्वकप खेल्न पाउने नियमानुसार युएईले विश्वकका लागि स्थान पक्का गरेको हो ।

वर्षाका कारण प्रभावित भएको युएईसँगको खेलमा डेएल मेथडका आधारमा १ रनले पराजित भएपछि नेपालको विश्वकप खेल्ने सपना अधुरै रहेको हो ।

प्रकाशित मिति : ५ बैशाख २०७६, बिहीबार  २ : ३६ बजे

आजका समाचार : अवरोधबीच सदनमा मन्त्रीहरुको जवाफ, विश्वकपमा मेसीको ह्याट्रिक र लेबनानमा इजरायली आक्रमण जारी

मन्त्रीले आफ्ना प्रश्नको जवाफ नदिएको भन्दै श्रम संस्कृति पार्टीका सांसदले

सरकारको ‘नागरिक चौतारी’, नागरिकले सिधै दिन सक्नेछन् सुझाव

काठमाडौं – देश तथा विदेशमा रहेका नेपाली नागरिकलाई राज्यका गतिविधिमा प्रत्यक्ष सहभागी

कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ

काठमाडौं– ध्वाँसे चितुवाको छाला ओसारपसार तथा खरिद बिक्री मुद्दामा पुर्पक्ष

कूटनीतिक पहलमार्फत चिया निर्यातमा देखिएका अवरोध हटाउन महासङ्घको माग

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासङ्घले कूटनीतिक पहल गरी चिया निर्यातमा

पीआर लिएर विदेश बस्ने दुई कर्मचारीविरुद्ध कारवाही सिफारिस, अरुको पनि खोजी हुँदै

काठमाडौं- भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले