‘भाँडाकुटी’का लागि लोकेशन खोज्दै निर्माण टिम, बुटवल पुगे मुकुन र बेनिषा « Khabarhub

‘भाँडाकुटी’का लागि लोकेशन खोज्दै निर्माण टिम, बुटवल पुगे मुकुन र बेनिषा


१० मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिल्म ‘भाँडाकुटी’ टिम लोकेसनका लागि बुटवल पुगेको छ । बुटवलको बेलवास आसपासका विभिन्न स्थानमा छायांकनका लागि लोकेसन हेरिएको निर्देशक किरण विकले जानकारी दिए ।

निर्देशक विकका अनुसार फिल्मले जातीय विभेदको कथालाई उठान गरेको छ । समीक्षा समेत गर्दै आएका विकले यो फिल्मको कथा बलियो भएको दाबी गरे ।

फिल्मको शीर्ष भूमिकामा मुकुन भुसाल र बेनिशा हमालको अभिनय रहनेछ । निर्देशक विकका अनुसार फिल्मको छायांकन माघ १५ गतेबाट थालिनेछ ।

‘हामीले कथाअनुसार लोकेसन खोजिरहेका छौं, तराईंको परिवेश चाहिएको हो, मेरो घर पनि बुटवल भएकाले यहाँ फिल्म छायांकन गर्न सहज हुने देखेर हामीले यहाँ लोकेसनको खोजी गरेका हौं,’ निर्देशक विकले भने ।

फिल्मको लोकेसन बुझेर निर्माण टिम काठमाडौं फर्किसकेको छ ।

प्रकाशित मिति : १० मंसिर २०७७, बुधबार  ४ : ५९ बजे

रास्वपा महाधिवेशन : राति १० बजेदेखि मतदान

काठमाडौं – चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनअन्तर्गत केन्द्रीय

ललितपुर महानगरको बजेट सात अर्ब ४८ करोड

ललितपुर – ललितपुर महानगरले आर्थिक वर्ष २०८३/२०८४ को लागि सात

पासपोर्टबिना नेपालमा बस्दै आएका २४ बङ्गलादेशी नागरिक पक्राउ

काठमाडौं – नेपालमा गैरकानुनी रूपमा बसोबास गर्दै आएका २४ जना

धौलागिरिको ४८ करोड ५२ लाखको बजेट पारित

म्याग्दी – म्याग्दीको धौलागिरि गाउँपालिकाले पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै आगामी