महान अर्जेन्टिनी फुटबल हस्ती डिएगो म्याराडोनाको निधन « Khabarhub

महान अर्जेन्टिनी फुटबल हस्ती डिएगो म्याराडोनाको निधन


१० मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – महान अर्जेन्टिनी फुटबलर डिएगो म्याराडोनाको निधन भएको छ । ६० वर्षको उमेरमा उनको निधन भएको हो। अर्जेन्टिनी संचारमाध्यमका अनुसार हृदयघातका कारण बुधबार उनको निधन भएको हो ।

हृदय घातका कारण म्यारमडोनाको आफ्नै घरमा निधन भएको बीबीसीले उल्लेख गरेको छ । म्याराडोनाको नेतृत्वमा अर्जेन्टिनले सन् १९८६ को फिफा विश्वकप जितेको थियो। विश्व विजेता म्याराडोनाले नोभेम्बरमा दिमागको नसामा देखिएको समस्याको सफल सल्यक्रिया गरिएको थियो ।

बार्सिलोना र नापोलीबाट क्लब फुटबल खेलेका उनले इटालियन क्लबका तर्फबाट २ उपाधि उचालेका थिए । म्यारमडोनाको निधनले विश्व खेल क्षेत्र स्तब्ध बनेको छ। विश्व चर्चित व्यक्तिहरुले उनीप्रति समवेदना प्रकट गरिरहेका छन्।

म्याराडोनाले अर्जेन्टिनाका लागि खेलेका ९१ खेलमा ३४ अन्तर्राष्ट्रिय गोल गरेका थिए। उनले ४ पटक फिफा विश्वकप खेलेका थिए। उनले आफ्नो ३७ औँ जन्मदिनका अवसरमा सन् १९९७ मा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका थिए। पछि उनी अर्जेन्टिनाको मुख्य प्रशिक्षक समेत बनेका थिए ।

दुई साताअघि मात्र अर्जेन्टिनाको राजधानी ब्युनर्स आयर्स नजिकको अस्पताल ला प्लाटामा म्यारोडोनाको मस्तिष्कको सफल शल्यक्रिया गरिएको थियो । ६० वर्षीय म्याराडोनाको सिटी स्क्यानको नतिजापछि उनको मस्तिष्कमा ब्लड क्लट देखिएको थियो ।

सफल शल्यक्रियापछि म्याराडोना एक साता अस्पतालमै रहेर आराम गरेका थिए । अघिल्लो महिना मात्र उनले ६०औं जन्मदिन मनाएका थिए ।

अर्जेन्टिनी टोली जिम्नासिया ला प्लाटाको प्रशिक्षकका रुपमा रहेका उनले ३० अक्टोवरमा प्यात्रोनाटोविरुद्धको खेलमा ३–० को जित दिलाएका थिए । उक्त खेलमा उनले आफूलाई अस्वस्थ महसुस गर्दै चाँडै नै टचलाईन छाडेका थिए ।

यसअघि म्याराडोना कोरोना भाइरसको कारण सेल्फ आइसोलेसनमा रहेका थिए । उनको बडीगार्डलाई कोरोना देखिएपछि उनी सेल्फ आइसोलेसनमा बसेका थिए ।

म्याराडोनाले ६०औं जन्म दिन समेत आइसोलेसनमा मनाएका थिए ।

प्रकाशित मिति : १० मंसिर २०७७, बुधबार  १० : ४८ बजे

भारत–क्यानाडा व्यापार ५० अर्ब डलर लक्ष्य

एजेन्सी– भारत र क्यानाडाले सन् २०३० सम्म द्विपक्षीय व्यापार ५०

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट तीन जना पक्राउ

काठमाडौं– झापाको गौरीगंज गाउँपालिका-२ बाहुन टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४

प्रलोपा गण्डकी अध्यक्ष शर्मा नेकपामै फर्किए

गलकोट– प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का केन्द्रीय सदस्य तथा गण्डकी

रुपन्देही–२ मा कसैसँग तालमेल गर्ने नीति लिएको छैन : राप्रपा

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले रूपन्देही क्षेत्र नं २ मा

गगनलाई समर्थन गर्न सर्लाही पुगे जेन–जी अगुवा मिराज ढुङ्गाना

काठमाडौं- जेन–जी पुस्ताका अगुवा मिराज ढुङ्गाना नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई