पोर्चुगल पठाउने प्रलोभन देखाएर १६ लाख बढी ठगी गर्ने चौधरी पक्राउ « Khabarhub

पोर्चुगल पठाउने प्रलोभन देखाएर १६ लाख बढी ठगी गर्ने चौधरी पक्राउ


१५ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वैदेशिक रोजगारको लागि पोर्चुगल पठाइदिन्छु भन्दै दुई जनासँग १६ लाख ठगेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

रुपन्देही ओमसतिया गाउँपालिका–६ स्थायी ठेगाना भएका हाल सोह्रखुट्टे बस्ने ३३ वर्षीय शिव नारायण चौधरीलाई महानगरीय अपराध महाशाखाको टोलीले ठगीको आरोपमा सुन्धाराबाट पक्राउ गरेको हो ।

चौधरीले रुपन्देही २ जना लाई वैदेशिक रोजगारको लागि पोर्चुगल पठाईदिन्छु भन्ने प्रलोभन १६ लाख २५ हजार दुई सय ५० रुपियाँ आफ्नो बैंक खातामा जम्मा गर्न लगाएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

चौधरीले उनहरुको राहदानी समेत लिई अफर लेटर, भिषा लगायतका कागजातहरु नक्कली बनाइ ठगी गरेको खुलेको प्रहरीले अनुसन्धानबाट खुलेको छ ।

उनी विरुद्ध ठगी सम्बन्धी कसूरमा आवश्यक कारबाहीको लागि सोमबार परिसर काठमाडौं पठाइएको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : १५ मंसिर २०७७, सोमबार  ६ : ३५ बजे

जेन–जी शहीदका परिवार भेटेपछि भावुक बने रवि

काठमाडौँ – काठमाडौँ आइपुगे लगत्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते

नेकपा (संयुक्त) का प्रदेशस्तरीय बैठक सम्पन्न

काठमाडौं- नेकपा (संयुक्त) को प्रदेशस्तरीय बैठकहरु सम्पन्न भएका छन् ।

आमनिर्वाचन सफल पार्नुपर्छ : उपसभापति वाग्ले

म्याग्दी- राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णीम वाग्लेले देशको राजनीतिक अन्योल

सिरियामा अमेरिकी प्रतिशोधी कारबाही, ७० भन्दा बढी निशानामा आक्रमण

वाशिङ्टन डीसी– अमेरिकी सेनाले शुक्रबार सिरियामा ७० भन्दा बढी इस्लामिक