पोर्चुगल पठाउने प्रलोभन देखाएर १६ लाख बढी ठगी गर्ने चौधरी पक्राउ « Khabarhub

पोर्चुगल पठाउने प्रलोभन देखाएर १६ लाख बढी ठगी गर्ने चौधरी पक्राउ


१५ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वैदेशिक रोजगारको लागि पोर्चुगल पठाइदिन्छु भन्दै दुई जनासँग १६ लाख ठगेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

रुपन्देही ओमसतिया गाउँपालिका–६ स्थायी ठेगाना भएका हाल सोह्रखुट्टे बस्ने ३३ वर्षीय शिव नारायण चौधरीलाई महानगरीय अपराध महाशाखाको टोलीले ठगीको आरोपमा सुन्धाराबाट पक्राउ गरेको हो ।

चौधरीले रुपन्देही २ जना लाई वैदेशिक रोजगारको लागि पोर्चुगल पठाईदिन्छु भन्ने प्रलोभन १६ लाख २५ हजार दुई सय ५० रुपियाँ आफ्नो बैंक खातामा जम्मा गर्न लगाएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

चौधरीले उनहरुको राहदानी समेत लिई अफर लेटर, भिषा लगायतका कागजातहरु नक्कली बनाइ ठगी गरेको खुलेको प्रहरीले अनुसन्धानबाट खुलेको छ ।

उनी विरुद्ध ठगी सम्बन्धी कसूरमा आवश्यक कारबाहीको लागि सोमबार परिसर काठमाडौं पठाइएको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : १५ मंसिर २०७७, सोमबार  ६ : ३५ बजे

सशस्त्र प्रहरीले एक वर्षमा १३ करोडभन्दा बढीको अवैध सामान बरामद

भद्रपुर– सशस्त्र प्रहरीले एक वर्षको अवधिमा रु १३ करोड बढी

मन्त्रिपरिषद्का ५ निर्णय: सुनसरी र सिरहामा मारिएका चारजना सहिद घोषित, एनसेल छानबिन प्रतिवेदन सार्वजनिक गरिने

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न पाँच

भारतसँग सम्बन्ध सुधार्ने बङ्गलादेशको चाहना

ढाका- बङ्गलादेशले भारतसँगको सम्बन्धलाई पारस्परिक सम्मान र हितमा आधारित बनाउँदै

अनशनरत यादवको स्वास्थ्यप्रति गम्भीर बन्न सरकारलाई मानवअधिकार आयोगको आग्रह

काठमाडौं- राष्ट्रिय मानवअधिकार आयोगले काठमाडौँको माइतीघरमा अनशनरत विनय यादवको बिग्रँदो

ट्राफिक कारबाहीमा ९५ हजार ७७ सवारीसाधन

सुनसरी– आर्थिक वर्ष २०८२-८३ मा कोशी प्रदेशमा नियम पालना नगर्ने