प्यालेस्टिनी अस्पताललाई एक करोड डलर सहयोग गर्ने ईयूको घोषणा | Khabarhub Khabarhub

प्यालेस्टिनी अस्पताललाई एक करोड डलर सहयोग गर्ने ईयूको घोषणा


१६ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- युरोपेली संघ (ईयू)ले पूर्वी जेरूसेलममा रहेको एक प्यालेष्टिनी अस्पताललाई एक करोड आठ लाख अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेको छ ।

प्यालेस्टाइनस्थित ईयूका प्रतिनिधि सेभेन कुहन भोन बर्जस्क्रफले सार्वजनिक गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘कोरोनाभाइरस कारण प्यालेस्टिनी स्वास्थ्य क्षेत्रको समस्याबीचमा ईयूले ठूलो सहयोग दिने भएको छ ।’

पूर्वी जेरूसलमका प्यालेस्टिनी  अस्पतालहरूले पश्चिमी किनार, पूर्वी जेरूसलम र गाजा पट्टीका हजारौं प्यालेस्टाइनलाई आधुनिक तथा उत्कृष्ठ स्तरको स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले उक्त सहयोगको घोषणा गरिएको हो ।

ईयूका अधिकारी बर्जस्क्रफले भने, ‘कोभिड–१९ सङ्क्रमण महामारीको बीचमा भएको यस योगदानले अस्पताललाई प्यालेष्टिनी जनताका लागि आफ्नो सेवाहरू सञ्चालन गर्न सहयोग गर्ने विश्वास इयूले गरेको छ ।’

प्रकाशित मिति : १६ मंसिर २०७७, मंगलबार  ६ : २० बजे

दीपावलीको साँझ मनमोहक त्रिवि क्रिकेट मैदान (तस्बिरहरू)

काठमाडौं- दोस्रो सिजनको नेपाल प्रिमियर लिग क्रिकेट प्रतियोगिता खेलाउने गरी

१५ सदस्यीय मन्त्रिपरिषद् बनाउने तयारी, गृह र ऊर्जामन्त्री गर्दैछन् कसरत

काठमाडौं- एक साताअगाडि नै सरकारले मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरेपनि

तिहारमा सेल पकाउने प्रतियोगिता

काठमाडौं- तिहारको अवसरमा आज सेल पकाउने प्रतियोगिता गरिएको छ ।

सामूहिक आक्रमणमा परी एकै परिवारका चार जना घाइते

सिरहा– यहाँको मिर्चैया नगरपालिका–३ स्थित छड्की टोलमा आइतबार साँझ एक