नोभेम्बरमा दुई लाख ४५ हजार अमेरिकीले रोजगारी पाए « Khabarhub

नोभेम्बरमा दुई लाख ४५ हजार अमेरिकीले रोजगारी पाए


२० मंसिर २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- कोरोना भाइरसका कारण अमेरिकी अर्थतन्त्रमा परिरहेको प्रभाबका बाबजुद नोभेम्बरमा २ दुई लाख ४५ हजारले रोजगारी पाएका छन् ।

यद्यपि अमेरिकी रोजगारी दरमा अपेक्षाकृत सुधार आउन नसकेको त्यहाँको श्रम मन्त्रालयले जनाएको छ ।

विश्लेषकहरूले अपेक्षा गरेकोभन्दा श्रम बजार सुधार दर सुस्त देखिएको तर यसलाई महामारी नियन्त्रणमा आएसँगै सहजै सुधार गर्न सकिने प्रशस्त आधारहरू रहेका जनाएका छन् ।

नोभेम्बरमा बेरोजगारी दर अघिल्लो महिनाभन्दा करिब ०.२ प्रतिशतले कमी आएको हो । अक्टोभरमा ६.९ प्रतिशत कायम भएको वेरोजगारी दर नोभेम्बरमा घटेर ६.७ पुगेको अमेरिकी श्रम बजार विश्लेषकहरूले बताएका छन् ।

महामारीको प्रभाबसँगै ठूलो सङ्ख्या अर्थात् एक करोड ७० लाख श्रमिकले बेरोजगार बनेका थिए ।

अमेरिकामा नोभेम्बरमा लामो समय अर्थात् २७ हप्ताभन्दा बढी बेरोजगार हुनेको सङ्ख्यामा तीन लाख ८५ हजारले वृद्धि भई कूल ३९ लाखभन्दा बढी पुगेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २० मंसिर २०७७, शनिबार  १० : ३५ बजे

सुदूरपश्चिम प्रदेशसभा बैठक बस्दै

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशसभाको बैठक आज बस्दैछ । बिहान ११ बजे

स्टार खेलाडीको गोल सेलिब्रेसन पछाडिको रहस्य ?

काठमाडौँ – गोल भएपछि क्रिस्टियानो रोनाल्डो किन ‘सिउउउ’ भन्दै हावामा

तनहुँमा कृषि उद्यम विकास कार्यक्रम प्रभावकारी बन्दै

तनहुँ– कृषि उत्पादन वृद्धि, रोजगारी सिर्जना र किसानको आयआर्जनमा टेवा

नेपालगञ्जमा ऐतिहासिक सालिक पुनर्निर्माण

बाँके– नेपालगञ्जमा विभिन्न आन्दोलनका क्रममा तोडफोड गरी हटाइएका ऐतिहासिक सालिकहरु

दरवाङमा सडक पुगेको १९ वर्षपछि कालोपत्र

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङ बजारको सडक कालोपत्र गर्न थालिएको