डोटीमा जीप दुर्घटना, तीन जनाको मृत्यु, पाँच घाइते « Khabarhub

डोटीमा जीप दुर्घटना, तीन जनाको मृत्यु, पाँच घाइते


२१ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डोटी- डोटीमा शनिबार मध्यराति जीप दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा ५ जना घाइते भएका छन् ।

डोटीको दिपायलबाट बोगटान फुड्सिलका लागि छुटेको म १ च ५५० नम्बरको जीप बउखेल्ले भन्ने ठाउँमा दुर्घटना भएको हो ।

दुर्घटनामा चनकेसैनका ४० वर्षीय हरिनायारण भट्ट, बोगटान गाँउपालिका ७ का वडा सचिव २७ वर्षीया मञ्जु त्रिपाठी र उनकै ५५ वर्षीया सासुआमाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

दुर्घटनामा ३० वर्षीय कैलाश बम, कञ्चनपुरको भीमदत्तनगरपालिका १९ बाँगफाटाका २८ वर्षीय हेमन्त भट्ट,डोटी बोगटान ७ की ४० वर्षीया खेमादेवी गिरी र नाम नखुलेका ३ वर्षीया बालक छन् । घाइतेहरूलाई उपचारका लागि दिपायल पठाइएको छ ।

प्रकाशित मिति : २१ मंसिर २०७७, आइतबार  ६ : ४६ बजे

सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न भएका तयारीबारे प्रधानमन्त्रीको चासो

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर

बाल सुधारगृहको निरीक्षणपछि गृहमन्त्रीले भने- समस्या समाधानमा आवश्यक पहल गर्छु

भक्तपुर– गृहमन्त्री ओमप्रकाश अर्यालले भक्तपुरको सानोठिमीस्थित बाल सुधार गृहको आइतबार

आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता

सिरहा– सिरहामा आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय यु–१४ छात्र तथा छात्रा फुटबल

आफ्नै आन्दोलनको बलमा बनेको सरकारमाथि खनिन थाले जेन-जी

काठमाडौं- जेन–जीहरूको म्यान्डेटबाट बनेको सुशीला कार्की नेतृत्वको सरकारले सय दिने