कमल थापाले खल्तीबाट धर्मनिरपेक्षताको व्यानर निकालेर जलाएपछि… « Khabarhub

कमल थापाले खल्तीबाट धर्मनिरपेक्षताको व्यानर निकालेर जलाएपछि…


६ बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले धर्मनिरपेक्षताको विरोध र राजासहितको लोकतन्त्र स्थापनाका लागि सर्वपक्षीय गोलमेच सम्मेलनको मागसहित राजधानीमा प्रर्दशन गरेको छ ।

शुक्रबार राजधानीको शान्तिबाटिकामा भएको कार्यक्रममा राप्रपाका अध्यक्ष कमल थापाले धर्म निरपेक्षता लेखेको ब्यानर जलाएका थिए ।

कोणसभालाई सम्बोधन गर्ने क्रममा अध्यक्ष थापाले कोटको खल्तीबाट धर्म निरपेक्षता लेखेको ब्यानर जलाएपछि प्रहरीले हस्तक्षेप गरेको थियो ।

सो क्रममा प्रहरीले राप्रपाका केन्द्रीय सदस्य यवती कार्की, नानु नगरकोटी, महासचिव गुणराज राजभण्डारी, भक्तपुर जिल्ला उपाध्यक्ष राम न्यौपाने लगायत राप्रपाका दर्जन कार्यकर्तालाई नियन्त्रणमा लिएको थियो ।

उनीहरुलाई महेन्द्र पुलिस क्लबमा राखिएको छ । अध्यक्ष थापालाई भने कार्यकर्ताले घेराबन्दीका साथ सुरक्षित रुपमा कार्यक्रमबाट बाहिर निकालेका थिए ।

प्रकाशित मिति : ६ बैशाख २०७६, शुक्रबार  ५ : ०४ बजे

कालीगण्डकी करिडोर : यस्तो बन्यो तातोपानी-घाँसा खण्ड

म्याग्दी – चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर,

घोडाघोडीमा निःशुल्क आँखा जाँच शिविर, ३८४ जनाको परीक्षण

कैलाली– घोडाघोडी नगरक्षेत्रमा मोतियाबिन्दुको समस्या उच्च पाइएको छ । जिल्लाको

वैभवीलाई भारतमा तीन स्वर्ण

काठमाडौं – तेक्वान्दो खेलाडी वैभवी सापकोटाले तेस्रो कालिम्पोङ अन्तरराष्ट्रिय तेक्वान्दो

गाउँमै वाइन उद्योग स्थापना भएपछि किबी किसानलाई राहत

धनकुटा– गाउँमा नै किबी खपत गर्ने वाइन उद्योग सञ्चालनमा आएपछि

धान उत्पादन घट्यो

भोजपुर– अनियमित मौसमका कारण भोजपुरमा यस वर्ष धान उत्पादनमा गिरावट