तथ्यांक विभागद्वारा बहुसूचक सर्वेक्षण सार्वजनिक (प्रतिवेदनसहित) « Khabarhub

तथ्यांक विभागद्वारा बहुसूचक सर्वेक्षण सार्वजनिक (प्रतिवेदनसहित)


२२ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– केन्द्रीय तथ्यांक विभागले नेपाल बहुसूचक सर्वेक्षण, २०७५/७६ सार्वजनकि गरेको छ ।

नेपालमा महिला तथा बालबालिकाको अवस्थाबारे राष्ट्रिय तथा क्षेत्रीयस्तरको अनुगमन मूल्यांकन, योजना तर्जुमा गर्न एवं स्तरीय तथा तुलनायोग्य सूचकहरू उपलब्ध गराउने प्रमुख उद्देश्य अनुरूप गरिएको सर्वेक्षण सोमबार सार्वजनिक भएको हो ।

स्थानीय तहमा हुने योजना तर्जुमा, नीति निर्माण तथा विकास कार्यहरूको अनुगमनको लागि आवश्यक पर्ने तथ्याङ्कहरूको अपर्याप्ततालाई न्यून पार्नुका साथै अन्तर्राष्ट्रिय घोषणाहरू तथा दिगो विकास लक्ष्यका सूचकहरूको अनुगमन गर्न  यो सर्वेक्षणले ठोस योगदान पुग्ने विभाग विश्वास छ।

संयुक्त राष्ट्रसंघीय बाल कोष (युनिसेफ) नेपालको प्राविधिक तथा आर्थिक सहयोगमा नेपाल सरकारले सर्वेक्षण गरेको विभागले जनाएको छ ।

सर्वेक्षणमा तथ्याङ्क संकलनको लागि नेपालभर ५१२ क्लष्टर (गणना क्षेत्र) हरूमध्ये शहरी क्षेत्रबाट २९० क्लष्टर र ग्रामीण क्षेत्रबाट २२२ क्लष्टर तथ्यांकीय विधिबाट छनौट गरी हरेक क्लष्टरबाट गणनाको लागि २५ वटा परिवारहरू छानिएको विभागले जनाएको छ ।

यसरी छानिएका जम्मा १२,८०० परिवारहरूबाट पारिवारिक विवरण संकलन गरिएको जनाइएको छ  । साथै प्रत्येक परिवारमा भएका १५-४९ वर्ष उमेर समूहका महिला, १५-४९ वर्ष उमेर समूहका पुरुष, ५-१७ वर्ष उमेर समूहका बालबालिका तथा ५ वर्षमुनिका बालबालिकाहरूको विवरण संकलन गर्नुका साथै बाल पोषणको स्थिति अवगत गर्नका लागि तौल तथा उचाई पनि मापन गरिएको विभागले जनाएको छ ।

प्रतिवेदनमा राष्ट्रियस्तर, सातै प्रदेशका शहरी क्षेत्र तथा ग्रामीण क्षेत्र लगायत काठमाडौं उपत्यका शहरी क्षेत्रको खण्डिकृत तथ्याङ्क समावेश गरिएको विभागले जनाएको छ।

यस्तो छ  बहुसूचक सर्वेक्षण २०७५/०७६

प्रकाशित मिति : २२ मंसिर २०७७, सोमबार  ८ : ०५ बजे

सर्लाहीमा पूर्व मन्त्रीसहित १५४ जनाको जमानत जफत

सर्लाही– प्रतिनिधिसभा सदस्य निर्वाचनमा सर्लाहीको चार वटै निर्वाचन क्षेत्रबाट उम्मेदवारी

देशका विभिन्न भूभागमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

कोइराला परिवारको ‘लालकिल्ला’ ढल्यो: मोरङका सबै क्षेत्रमा घण्टीको राज

काठमाडौं- मोरङ नेपाली कांग्रेसको बलियो आधार इलाका हो । कांग्रेसमा

समानुपातिकतर्फ ७९ लाख मतगणना, रास्वपालाई मात्रै ३८ लाख बढी मत, अन्य दलले कति पाए ?

काठमाडौँ– प्रतिनिधिसभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कूल ७९ लाख

१६१ क्षेत्रको नतिजा सार्वजनिक, रास्वपाका १२४ उम्मेदवार निर्वाचित

काठमाडौँ– प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा पहिलो हुने निर्वाचित हुने