विवाहलगत्तै नायिक श्वेता खड्काले उठाइन एकल महिलाका शसक्तिकरणको मुद्दा (विवाहका तस्वीरसहित) | Khabarhub Khabarhub

विवाहलगत्तै नायिक श्वेता खड्काले उठाइन एकल महिलाका शसक्तिकरणको मुद्दा (विवाहका तस्वीरसहित)


२३ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नायिका श्वेता खड्काले विवाहलगत्तै एकल महिलाको सशक्तीकरणका विषय उठाएकी छन् ।

सोमबार दोस्रोपटक विवाह गरेलगत्तै नायिका खड्काले सामाजिक सञ्जालमा स्टाटस लेख्दै आफू एकल महिलाका लागि सोचेको काम गर्ने प्रयासमा रहेको बताएकी हुन्।

‘म थप सशक्त नारीका रूपमा तपाईंहरूका सामुन्ने प्रस्तुत हुनेछु,’ सोमबार राति नायिका खड्काले आफ्नो फेसबुक पेजमा लेखेकी छन्, ‘आगामी दिनमा एक महिलाको सशक्तीकरणमा केही गर्न पाए हुन्थ्यो भन्ने सोच छ । त्यसलाई साकार बनाउनका लागि म प्रयासरत रहनेछु।’

६ वर्षअघि नायक श्रीकृष्ण श्रेष्ठसँग विवाह बन्धनमा बाँधिएको १ महिनामा श्रेष्ठको निधन भएपछि उनले  धनगढीका विजयेन्द्रसिंह रावतसँग सोमबार विवाह गरेकी हुन्।

विवाहपछिको स्टाटसले उनले जीन्दगीको अर्को एउटा यात्रामा पाइला चालेको उल्लेख गर्दै अझ धेरै गर्न बाँकी रहेको बताएकी छन्।

‘मैले नेपाली सिने जगतलाई मेरो शिरको सिन्दुरजस्तै अझै उच्च स्थानमा पुर्‍याउनुछ। निर्माणाधीन  माझीटोललाई आज सजिएको बिहेको मण्डपभन्दा पनि अझै सजाउनु छ,’ उनले भनेकी छिन्, ‘मैले थालेका व्यवसायहरूलाई मेरो हातमा चम्किएका चुराहरू जस्तै चम्काउनुछ। मैले अझै धेरै काम गर्न बाँकी छ।’

प्रकाशित मिति : २३ मंसिर २०७७, मंगलबार  ६ : ४३ बजे

पञ्चेबाजा र हुर्केउली संस्कृतिको जगेर्ना गर्दै जगन्नाथ 

धनगढी– संस्कृति र सभ्यता मानव समाजका सम्पत्ति हुन् । मानवको परिचय

देशभर मनसुनी वायुको प्रभाव

काठमाडौं– देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । जल तथा

क्लब विश्वकप : युभेन्ट्समाथि म्यानचेस्टर सिटीको फराकिलो जित

काठमाडौं – फिफा क्लब विश्वकप फुटबल प्रतियोगिताको बिहीबार राति भएको

रित्ता कक्षाकोठा रुँगेर बस्दै गाउँका शिक्षकहरू, छैनन् विद्यार्थी

म्याग्दी– विद्यार्थी नभएपछि बेनी नगरपालिका–५ माथिल्लो गाजनेको जगन्नाथ आधारभूत र

दाउन्ने सडक फेरि अवरुद्ध

काठमाडौं – महेन्द्र राजमार्ग अन्तर्गत पर्ने नवलपरासीको दाउन्ने सडकमा सवारी