यसरी टुंग्याउनुहोस् श्रीमानश्रीमतीको झगडा | Khabarhub Khabarhub

यसरी टुंग्याउनुहोस् श्रीमानश्रीमतीको झगडा


२५ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

प्रायः दम्पतीको झगडा केहिबेर सकिन्छ । नेपाली उखानै छ, ‘लोग्नेस्वास्नीको झगडा परालको आगो ।’ तर, कहिलेकाहि सामान्य विवाद समेत ठुलो झगडामा परीणत हुन्छ ।

घर व्यवहार चलाउने क्रममा सानोतिनो असमझदारी हुदाँ हुने सामान्य विवाद हुनु ठिकै हो हो । तर, यसलाई धेरै लामो समयसम्म कायम राख्नु भने हुदैँन । यदि झगडा भइहालेमा के गर्ने त ?

१. झगडामा रिस पोख्नु मानविय स्वभाव हो । तर रिसको पनि सिमा हुन्छ । यसलाई शान्त पार्न नसक्ने प्रवृत्ति हावी हुन दिनु हुदैँन । तसर्थ रिसलाई जित्ने बानि बसाउनुहोस् ।

२. झगडापछि रिस उठेमा आफूलाई शान्त पार्न मनोरञ्जनमा मनलाई भुलाउनु पर्दछ । सकेसम्म आफूलाई खुसी बनाउने र पार्टनरका बारेमा आउने नकारात्मक बिचार त्यागेर सकारात्मक ५ वटा कुरा खोजौं ।

३. पति पत्नीबीच बहस हुन थालेपछि त्यसमा छिनोफानो गर्ने भनेर नलाग्नुहोस् । आफुलाई जिताउन बहसलाई नरोज्नुहोस् । दुईमध्ये एक पछि हट्नुहोस् ।

४. झगडा पर्दा एउटा पार्टनर चुप लाग्नुपर्छ । यसले झगडा अघि बढ्न पाउँदैन । तर सधै एउटै पार्टनर चुप लाग्नु पर्छ भन्ने हुदैँन । बरु एकछिन तर्क वितर्क नगरी बस्नु पर्दछ ।

५. झगडा हुनुमा कुनै कारण हुन्छ । यदि त्यसमा आफ्नो गल्ती भए माफि माग्नु उत्तम हुन्छ । तसर्थ गल्ती ढाकछोप गरी कुर्तक गरि जित्न तर्फ नलानुहोस् ।

६. आपसी असमझदारीबाट झगडा सुरु हुने हुदाँ पार्टनरको तर्क बुझ्न तर्फ लाग्नु पर्दछ । पार्टनरले भन्न खोजेको कुरा वा आशय बुझेरमात्र कुनै निष्कर्ष निकाल्नु पर्दछ । यसमा धैर्यता महत्वपुर्ण हुन्छ ।

माथिका उपायबाट दम्पतीबीचको झगडा अन्त्य गर्न सकिन्छ । तर जति ठुलो बिषय भएपनि भुलेर पनि कार्यालय जानुअघि, सन्तान वा आमाबुवाका अगाडी, साथीसंगी तथा छरछिमेक अगाडी, ड्राइभिङ गरिरहेको बेला, कामले थाकेर आएको बेला, भोको वा तनावग्रस्त अवस्थामा, मदिरा पिएको बेला, विशेष दिन जस्तै बर्थ डे, एनिभर्सरी लगायतका दिनमा दम्पतीले एकआपसमा झगडा, विवाद वा भनाभन गर्नु हुदैँन । रिस एक क्षणको आवेग हो, यसलाई शान्त हुन दिनु पर्दछ ।

प्रकाशित मिति : २५ मंसिर २०७७, बिहीबार  ६ : १३ बजे

सरकारले केबलकार निर्माण रोकेर आन्दोलनरत पक्षलाई वार्तामा बोलायो 

काठमाडौं– ताप्लेजुङ सदरमुकामस्थित पाथीभरा क्षेत्रमा निर्माणाधीन केबुलकारबारे सिर्जित विवाद समाधान

ठमेलमा दुई प्रहरीमाथि कुटपिट- पक्राउ परेका अनेरास्ववियुका पाँच नेता धरौटीमा छुटे

काठमाडौं- ठमेलमा दुईजना प्रहरीलाई कुटपिट अभियोगमा पक्राउ परेका नेकपा (एमाले)

सपनामा सर्प देख्नु शुभ कि अशुभ ?

काठमाडौं– मानिसहरू निदाएपछि सपना देख्छन् । कहिले राम्रो त कहिले डरलाग्दो

प्रधानमन्त्री पत्नीलाई ‘प्रथम महिला’ सम्बोधनले उठाएको प्रश्न– राष्ट्रपति पत्नीको चिनारी के हो ?

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली पत्नी राधिका शाक्यले लेखेको पुस्तक

मध्य मेक्सिकोमा बन्दुकधारीको आक्रमणमा आठ जनाको मृत्यु

एजेनसी– मेक्सिकोको हिंसात्मक हुने स्थानमध्येको एक राज्य सेलायामा बन्दुकधारीले अन्धाधुन्ध