रिनाको शव डेरा अघि भेटियो « Khabarhub

रिनाको शव डेरा अघि भेटियो


७ बैशाख २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ- पथरीशनिश्चरेमा एक महिला मृत फेला परेकी छन् । २८ वर्षकी रिना बस्नेतको शव उनी बस्ने डेरा कै अगाडि फेला परेको मोरङ प्रहरीले जनाएको छ।

छोरासँगै बस्दै आएकी उनी शुक्रबार बेलुका कन्सर्ट हेर्न भन्दै घरबाट निस्किएकी थिइन । राति अबेर कोठामा आएकी उनले मादक पदार्थ पनि सेवन गरेको पाइएको प्रहरीले जनाएको छ । उनको कोठामा वियरका बोत्तल फेला पारेको मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले जानकारी दिए।

बिहान मर्निङ वाकमा हिँड्नेहरुले उनलाई मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा प्रहरी पुग्दा उनलाई निर्वस्त्र बनाएर फालिएको अवस्थामा प्रहरीले फेला पारेको थियो । घोप्टो परेको अवस्थामा भेटिएको उनको शव भएको ठाउँमा रगत पनि देखिएको छ ।

बस्नेतको बलात्कारपछि हत्या भएको हुनसक्ने प्रहरीको अनुमान छ। उनका श्रीमान वैदेशिक रोजगारीमा गएका छन् ।

प्रकाशित मिति : ७ बैशाख २०७६, शनिबार  ११ : १५ बजे

काठमाडौंमा मनाइयो ‘विश्व ध्यान दिवस’ (तस्बिरहरू)

काठमाडौं– संयुक्त राष्ट्रसंघको घोषणाअनुसार आज विभिन्न कार्यक्रमको आयोजना गरी ‘विश्व

कागती बिक्री नभएपछि रस र चुक बनाइँदै

स्याङ्जा– स्याङ्जामा उत्पादित कागती बिक्री नभएपछि किसानले विकल्पको खोजी गरेका

एसिया कप : भारतविरुद्ध सुरुमा ब्याटिङ गर्दै पाकिस्तान

काठमाडौं – यू–१९ एसिया कपको फाइनलमा पाकिस्तानले भारतविरुद्ध सुरुमा ब्याटिङ

किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य

बागलुङ– बागलुङका ग्रामीण क्षेत्र सुन्तलाले पहेँलै भएका छन् । किसानले

नोबेल मेडिकल कलेज भवनको पाँचौ तलाबाट खसेर डाक्टरको मृत्यु

काठमाडौं – विराटनगरको नोबेल मेडिकल कलेजको भवनबाट खसेर एक इन्टर्न