कांग्रेसले श्रेष्ठको शोकमा पार्टीको झण्डा तीन दिन आधा झुकाउने | Khabarhub Khabarhub

कांग्रेसले श्रेष्ठको शोकमा पार्टीको झण्डा तीन दिन आधा झुकाउने


२७ मंसिर २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसले पार्टीका पूर्वकेन्द्रीय सदस्य एवं प्रजातन्त्र सेनानी श्यामलाल श्रेष्ठको निधनप्रति दुःख व्यक्त गर्दै शोकमा तीन दिनसम्म पार्टीको झण्डा आधा झुकाउने जनाएको छ । श्रेष्ठको शुक्रबार ८० वर्षको उमेरमा निधन भएको थियो ।

सभापति शेरबहादुर देउवाको अध्यक्षतामा आज बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले यही मङ्सिर २६, २७ र २८ गते तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयमा पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको हो ।

बैठकले मङ्सिर २८ गते केन्द्र तथा जिल्लाका सबै कार्यालय बन्द गर्ने र स्वर्गारोहणको १३औँ दिनसम्म केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयमा शोक पुस्तिका राख्ने निर्णयसमेत गरेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

यसैगरी स्वर्गारोहणको १३औँ दिनमा सम्बन्धित जिल्ला काठमाडौँले भौतिक (सामाजिक) दूरी कायम गर्दै शोक सभाको आयोजना गर्ने पार्टी कार्यालयले जनाएको छ ।

बैठकमा श्रेष्ठको निधनप्रति दुःख व्यक्त गर्दै सम्मान प्रकट गर्न र भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्न एक मिनेट मौनधारण गरिएको थियो । बैठकले श्रेष्ठको आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ ।

विसं २०१८ मा निरङ्कुश पञ्चायती व्यवस्थाको विरोध गर्दै भएको क्रान्तिका क्रममा बमकाण्डमा पक्राउ परेका स्व श्रेष्ठले पटक–पटक गरी १७ वर्षभन्दा लामो समयसम्म बन्दी जेलजीवन बिताएका थिए ।

नेपालको प्रजातान्त्रिक आन्दोलनहरुमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएका नेता श्रेष्ठ लोकतान्त्रिक मूल्य पद्धतिप्रति अविचलित आस्था, सादगीपूर्ण जीवन र निष्ठाको राजनीतिको प्रतिमूर्तिका रुपमा समेत परिचित छन्।

विसं २०५१ को मध्यावधि निर्वाचनमा काठमाडौँ निर्वाचन क्षेत्र नं ५ बाट पार्टीका तर्फबाट उम्मेदवार र २०५६ सालमा कांग्रेस जिल्ला कार्यसमिति, काठमाडौँको सभापति, विसं २०७२ मा जननायक बिपी कोइराला स्मृति ट्रष्टद्वारा बिपी सेनानी सम्मानबाट विभूषित स्व श्रेष्ठले नेपालको प्रजातान्त्रिक आन्दोलन/सङ्घर्ष र पार्टी सङ्गठनमा पुर्‍याउनुभएको योगदान पार्टीको इतिहासमा सदा स्मरणीय रहने कांग्रेसले उल्लेख गरेको छ ।

प्रकाशित मिति : २७ मंसिर २०७७, शनिबार  ३ : ५० बजे

ट्रम्पको दाबी, ‘मोदीलाई भनेको थिएँ, यति धेरै ट्यारिफ लगाउँछु कि तिम्रो टाउको घुम्‍नेछ’

वासिङ्गटन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि एकपटक ट्यारिफ लगाउने धम्की

आयल निगम महेन्द्रनगर कार्यालय : एक वर्षमा तीन कार्यालय प्रमुखको सरुवा

जनकपुरधाम– नेपाल आयल निगमको महेन्द्रनगर डिपो कार्यालय धनुषामा विगत एक

सिँचाइ मन्त्रालय मातहतका निकायका प्रमुखसँग कार्यसम्पादन सम्झौता

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतका निकायका प्रमुखसँग  आर्थिक

फोहोर व्यवस्थापन एप सार्वजनिक  

काठमाडौं– नेपाल टेक मार्केटले नयाँ फोहोर व्यवस्थापन प्रणाली सार्वजनिक गरेको

उखु किसानको आन्दोलनमा नेताहरूको ओइरो, समस्या जस्ताको तस्तै (तस्बिरहरू)

काठमाडौं– उखु किसानलाई सरकारले  दिँदै आएको बक्यौता अनुदान रकम ७०