नेपालीको प्रतिव्यक्ति आय ३४५७ डलर- यूएनडीपी « Khabarhub

नेपालीको प्रतिव्यक्ति आय ३४५७ डलर- यूएनडीपी


१ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपालीको प्रतिव्यक्ति आय ३४५७ डलर पुगेको संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी)ले जनाएको छ ।

यूएनडीपीले बुधबार सार्वजनिक गरेको मानव विकास प्रतिवेदन–२०२० अनुसार नेपालीको प्रतिव्यक्ति कुल राष्ट्रिय आय १ हजार ३७२ डलर (सन् २०१७ को पीपीपी मूल्यमा) बाट बढेर ३ हजार ४५७ डलर पुगेको उल्लेख छ।

यस्तै नेपालको मानव सूचाकांक मा पनि प्रगती भएको छ । औसत आयु, साक्षरता तथा प्रतिव्यक्ति आयमा आधारित सूचकांकहरूको प्रयोगबाट निकालिने मानव विकास सूचकांकले मानिसको जीवनको गुणस्तरलाई देखाउँछ।

सन् २०१९ मा नेपालको मानव विकास सूचकांक ०.६०२ पुगेको छ । सन् २०१८ मा यो सूचकांक ०.५७९ थियो ।

संसारका मानव विकासका आधारमा १८९ देशमध्ये नेपालको स्थान १४२औं स्थानमा छ । नेपाल गत वर्ष १४७औं स्थानमा थियो ।

संसारमा सबैभन्दा धेरै मानव विकास भएको देशको पहिलो स्थानमा नर्वे छ। यसको मानव विकास सूचकांक ०.९५७ छ।

बितेका तीन दशकमा नेपालले मानव विकासमा उल्लेख्य सुधार गरेको देखिएको छ। सन् १९९० मा नेपालको मानव विकास सूचकांक ०.३८७ थियो। अहिले यो ५५.६ प्रतिशत बढेर ०.६०२ पुगेको हो।

प्रकाशित मिति : १ पुस २०७७, बुधबार  ५ : ४२ बजे

पार्टीभित्र देखिएको अन्तरविरोधलाई समाधान गर्न ट्रेड युनियनको आग्रह

काठमाडौं– नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल ट्रेड युनियन कांग्रेसले पार्टीभित्र

वीरगञ्जको जनजीवन सामान्य बन्दै

वीरगञ्ज– सर्वदलीय र सर्वपक्षीय बैठकले विगत केही दिनदेखि वीरगञ्जमा भइरहेको

महोत्तरीमा ३७ वटा नयाँ मतदान केन्द्र थप

जलेश्वर– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

चितवन राष्ट्रिय निकुञ्जमा साउनयता नौ गैँडाको मृत्यु

चितवन– चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा साउनयता नौ वटा

चन्दा सङ्कलन गरेर खेलमैदानका लागि जमिन किनियो

म्याग्दी– अन्नपूर्ण गाउँपालिका–६ घारमा व्यवस्थित र सुविधायुक्त खेलमैदान निर्माण थालिएको