८०० वर्षपछिको यो दुर्लभ संयोग : आज राति बृहस्पति र शनिलाई सहजै देख्न सकिने « Khabarhub

८०० वर्षपछिको यो दुर्लभ संयोग : आज राति बृहस्पति र शनिलाई सहजै देख्न सकिने


६ पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सौर्यमण्डलमा आज एक दुर्लभ संयोग हुँदैछ । जुन ८०० वर्षपछि हुन लागेको हो ।

खगोलविदले जनाएअनुसार आज सौर्यमण्डलका दुई ग्रह बृहस्पति र शनि पृथ्वीबाट सबैभन्दा नजिकको दूरीमा देखिनेछन् ।

यो दुर्लभ संयोगलाई पृथ्वीबाट सहजै देख्न सकिने र नांगो आखाले समेत हेर्न मिल्ने खगोलविदहरुले जनाएका छन् ।

सूर्यास्तपछि दक्षिणतिरको आकाशमा बृहस्पति र शनिलाई मुलुकका जुनसुकै ठाउँबाट देख्न सकिने उनीहरुको भनाइ छ ।

यस्तो घटना हरेक साढे १९ वर्षको अन्तरालमा हुने भए पनि आजको यो संयोग अझ बढी दुर्लभ भएको उनीहरुको दाबी छ ।

किनकी अरुबेला पृथ्वीबाट सामान्य अवस्थामा यो देख्न सकिँदैनथ्यो । तर अहिले यी दुई ग्रह पृथ्वीबाट सबैभन्दा नजिकको दूरीमा रहने हुँदा सहजै अवलोकन गर्न सकिने जनाइन्छ ।

सन् १६२३ मा पनि बृहस्पति र शनि यस्तै नजिकको दूरीमा आएका थिए । तर त्यतीबेला भने पृथ्वीबाट हेर्न मिल्ने अवस्था थिएन ।

अब यस्तो घटना कम्तिमा ६० बर्षसम्म नहुने र सन् २०८० अगाडि यस्तो संयोजन हेर्न नपाइने नासाले जनाएको छ ।

-एस्ट्रोलोजर राज

ज्योतिष एस्ट्रोलोजर राजले फेसबुकमा लेखेका छन्-

सबैभन्दा नजिकको दूरीमा देखिँदै बृहस्पति र शनि, पृथ्वीबाट नांगो आँखाले हेर्न सकिने

सौर्यमण्डलमा आज एक दुर्लभ संयोग…

Posted by Astrologer Raj on Sunday, 20 December 2020

प्रकाशित मिति : ६ पुस २०७७, सोमबार  ९ : ०९ बजे

ललितपुरमा नेशनल चेष्ट सेन्टर सञ्चालनमा 

काठमाडौं– ललितपुर महानगरपालिका–१३, मानभवनमा श्वासप्रश्वास सम्बन्धी रोगको विशेषज्ञ उपचारका लागि

अफगानिस्तानमा दुई सडक दुर्घटना : ६ जनाको मृत्यु, १४ घाइते

काबुल– अफगानिस्तानको पूर्वी प्रान्त गजनीमा शनिबार राति भएको दुई वटा

१३२ केभी प्रसारण लाइनको आजदेखि परीक्षण सुरु

गुल्मी– नेपाल विद्युत् प्राधिकरणद्वारा गुल्मी सदरमुकाम तम्घासबाट बुर्तिबाङसम्म निर्माण सम्पन्न

ऐरीको अर्धशतक, नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको लक्ष्य

काठमाडौं – आईसीसी विश्वकप अन्तर्गत आइतबारको खेलमा वेस्ट अलराउन्डर दीपेन्द्रसिंह

केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा भक्तजनको घुइँचो

काठमाडौं– महाशिवरात्रि पर्वका अवसरमा केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा दर्शनार्थीका