कांग्रेसको आह्वानमा अपराह्न ४ बजे सर्वदलीय बैठक बस्दै | Khabarhub Khabarhub

कांग्रेसको आह्वानमा अपराह्न ४ बजे सर्वदलीय बैठक बस्दै


६ पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सर्वदलीय बैठक बोलाएको छ। बैठक आज अपराह्न ४ बजे कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बस्नेछ ।

बैठकमा संसदमा सहभागी दललाई बोलायएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनले बैठक पार्टी कार्यालयमा बस्नेगरी अपराह्न ४ बजेलाई बोलाइएको बताए ।

बैठकका लागि नेकपा, जसपा, राप्रपालगायत दललाई बोलाइएको कांग्रेसले जनाएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा संसद विघटन गरी चुनावसमेत घोषणा गरेको अवस्थाबारे स‌ंसदमा रहेका दलहरुसँग छलफल गर्न कांग्रेसले सर्वदलीय बैठक बोलाएको हो।

कांग्रेस संसदीय दलको कार्यालयमा नेकपा, कांग्रेस र जनता समाजवादी पार्टीका नेताहरूले हिजो पनि छलफल गरेका थिए। छलफलमा प्रधानमन्त्री ओलीको कदम असंवैधानिक र निरंकुश रहेको यी दलहरूले निष्कर्ष निकालेका छन्।

आइतबार मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएर संघीय संसदको प्रतिनिधिसभा विघटन गर्न सिफारिस गरिएको थियो । सोही सिफारिस अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी वैशाख १७ र २७ गते चुनाव गर्ने गरी प्रतिनिधिसभा विघटनको घोषणा गरेकी थिइन् ।

प्रधानमन्त्रीको यो कदमलाई लिएर देशभर प्रदर्शन हुन थालेको छ ।

प्रकाशित मिति : ६ पुस २०७७, सोमबार  १० : १७ बजे

शिक्षासहित चारवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत रहेका विभिन्न चारवटा समितिको बैठक बस्दैछ

संसदीय अभ्यासमा सुधारको आवश्यकता छ : उपसभामुख राना

काठमाडौं– उपसभामुख इन्दिरा राना मगरले संसदको प्रभावकारिता, पारदर्शिता, जवाफदेहिता र

नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आजदेखि, यस्ता छन् एजेण्डा

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज (सोमबार) बस्दैछ ।

संसद्लाई जनमुखी बनाउन आवश्यक : राष्ट्रियसभा अध्यक्ष

काठमाडौं– राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले संसद्लाई अझ प्रभावकारी, उत्तरदायी, पारदर्शी

पर्सामा लागूऔषधका ११४ मुद्दा दर्ता

पर्सा– पर्सामा लागुऔषध ओसारप्रसारका मुद्दा दर्तामा वृद्धि भएको छ ।