साप्ताहिक अर्थ समाचार : प्राधिकरणका पूर्वअध्यक्ष भण्डारी पक्राउ, ‘अर्थसम्बन्धी कानुन संशोधन र खारेज गर्ने विधेयक’ स्वीकृत र विद्युतीय सवारी र सुरक्षामा जोड « Khabarhub

साप्ताहिक अर्थ समाचार : प्राधिकरणका पूर्वअध्यक्ष भण्डारी पक्राउ, ‘अर्थसम्बन्धी कानुन संशोधन र खारेज गर्ने विधेयक’ स्वीकृत र विद्युतीय सवारी र सुरक्षामा जोड


१५ श्रावण २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 5 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक’ स्वीकृत

‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३’ लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सो प्रस्ताव प्रस्तुत गरेका थिए ।

दूरसञ्चार प्राधिकरणका पूर्व अध्यक्ष भण्डारी पक्राउ

तरलता व्यवस्थापनका निम्ति २५ अर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैङ्क

छुर्पी निर्यात २७ प्रतिशतले बढ्यो, एक वर्षमै एक अर्ब ७९ करोडको कारोबार

सुनचाँदीको मूल्य वृद्धि

एआई चिपको मागले सामसुङको नाफामा ऐतिहासिक उछाल

कृत्रिम बौद्धिकता (एआई) प्रविधिमा आधारित डाटा सेन्टरका लागि आवश्यक उच्च क्षमताका मेमोरी चिपको तीव्र मागका कारण दक्षिण कोरियाली प्रविधि कम्पनी सामसुङ इलेक्ट्रोनिक्सले सन् २०२६ को दोस्रो त्रैमासिकमा ऐतिहासिक वित्तीय उपलब्धि हासिल गरेको छ ।

कम्पनीको परिचालन मुनाफा गत वर्षको सोही अवधिको तुलनामा झन्डै १९ गुणाले बढ्दै ८९५ खर्ब वोन पुगेको छ र यो करिब एक हजार ८०० प्रतिशतको वार्षिक वृद्धि हो ।

स्मार्ट टेलिकम प्रकरणमा व्यवसायी उपेन्द्र महतोसँग सीआईबीको सोधपुछ

सिजीले ‘मेरिडिया सिरिज’ अन्तर्गत बजारमा ल्यायो ४ नयाँ ‘सिंगल डोर’ फ्रिज

२०८२-८३ मा निर्जीवन बीमा व्यवसाय : ५१ अर्ब ९२ करोड प्रिमियम संकलन

आर्थिक वर्ष २०८२-८३ मा निर्जीवन बीमा कम्पनीहरूले कुल ५१ अर्ब ९२ करोड २४ लाख रुपैयाँ बीमा शुल्क संकलन गर्न सफल भएका छन् ।

जबकी अघिल्लो आर्थिक वर्ष ०८१-८२ मा निर्जीवन बीमा कम्पनीहरूले ४४ अर्ब ९१ करोड २६ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका थिए।

नेपाल बीमा प्राधिकरणको असार मसान्तसम्मको तथ्यांक अनुसार निर्जीवन बीमा क्षेत्रमा कुल ३४ लाख ६७ हजार १६७ वटा बीमालेख जारी भएका छन् । यस अवधिमा कुल बीमांक रकम १ खर्ब ६५ अर्ब ७२ करोड ६६ लाख रुपैयाँ कायम भएको छ।

चिकित्सा शिक्षा आयोगका लागि छ अर्ब ५५ करोडको कार्यक्रम तथा बजेट स्वीकृत

१ अर्ब ८९ करोडको अवैध हुण्डी कारोबार गर्ने राजेन्द्र रिजाल पक्राउ

दुधमति खोलाको पुल निर्माणमा भएको ढिलाइले स्थानीयवासी लाई सास्ती

‘राष्ट्रिय यातायात नीति २०८३’ स्वीकृत, विद्युतीय सवारी र सुरक्षामा विशेष जोड

नेपाल सरकारले मुलुकको यातायात क्षेत्रलाई व्यवस्थित, सुरक्षित र अत्याधुनिक बनाउने लक्ष्यका साथ ‘राष्ट्रिय यातायात नीति, २०८३’ स्वीकृत गरेको छ । मन्त्रिपरिषद्को असार २४ को बैठकले पूर्वाधार विकास मन्त्रालयद्वारा प्रस्तावित यो नीतिलाई स्वीकृत गरेको हो ।

नयाँ नीतिले ‘दिगो, सुरक्षित, सर्वसुलभ, समावेशी, हरित र प्रविधिमैत्री यातायात प्रणाली’ को दूरदृष्टि राखेको छ । प्रविधि र वातावरणमैत्री ऊर्जाको प्रयोगमार्फत सुरक्षित र सहज एकीकृत यातायात प्रणालीको विकास र व्यवस्थापन गर्ने यसको मुख्य ध्येय रहेको छ ।

संस्कृति मन्त्रालयको बजेट खर्च ३१.६८ प्रतिशतमा सीमित, पुँजीगत खर्च १६ प्रतिशत मात्रै

कुमारी बैंक र निम्बजबीच सम्झौता : मोबाइल बैंकिङमार्फत अन्तर्राष्ट्रिय ईसीम तथा आईडीपी सेवा

१ अर्ब ८९ करोडको अवैध हुण्डी कारोबार गर्ने राजेन्द्र रिजाल पक्राउ

चुलिँदै प्रधानमन्त्री र अर्थमन्त्रीबीचको विवाद, ऊर्जामन्त्रीलाई समेत मुछे स्वर्णिमले

प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेबीच केही महिनादेखि देखिँदै आएको विवाद नयाँ स्वरूपमा सतहमा आएको छ । अर्थमन्त्री डा. वाग्लेले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभत्त श्रेष्ठलाई समेत विवादमा तानेका छन् ।

मंगलबार अर्थ मन्त्रालयमा राजस्व चुहावट र पुँजीबजार नियन्त्रणसम्बन्धी छलफल कार्यक्रममा बोल्दै अर्थमन्त्री डा. वाग्लेले प्रधानमन्त्रीका २७ र ऊर्जामन्त्रीका २० जना सल्लाहकार रहेको बताएका हुन् । तर, आफूले भने एकजनामात्रै अवैतनिक राजस्व सल्लाहकार राखेको तर्क उनले गरे ।

बजेट बनाउँदैदेखि प्रधानमन्त्रीसँग सम्बन्ध चिसिएको कुरा बाहिरिएको थियो । त्यसै बेलादेखि स्वर्णिमलाई प्रधानमन्त्रीले हटाउन खोजेको चर्चा भइरहेका बेला मंगलबार सार्वजनिक रूपमा आएको भनाइले त्यसमा झन् बल दिएको छ । प्रधानमन्त्री र अन्य मन्त्रीबीचमा पनि सम्बन्ध राम्रो नभएको विवरण बेला बेला आइरहेको छ । यस्तोमा स्वर्णिमले आफूलाई सुशासनको पर्यायका रुपमा देखाउँदै प्रम र अर्का मन्त्री चुकेको सन्देश मंगलबार दिएका छन् ।

‘तपाईंहरूले सुनिरहनु नै भएको छ, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा २७ जना सल्लाहकार कार्यरत हुनुहुन्छ, ऊर्जा मन्त्रालयमै २० जना सल्लाहकार राखिएको रहेछ’, उनले भने, ‘तर मैले अहिले पनि एकजना मात्रै सल्लाहकार राखेको छु, ती पनि मैले अवैतनिक राजस्व सल्लाहकारका रुपमा राखेको छु ।’

जुस पसललाई ५० हजार जरिवाना

भारतीय ‘स्वीट कर्न’ सात करोडभन्दा बढी मूल्यको आयात

बागमतीमा घटेन गाडीभाडा

केरामा आत्मनिर्भर बन्दै नेपाल

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेप्सेको प्रमुख कार्यकारी अधिकृतका लागि आवेदन आह्वान

अर्थ मन्त्रालयले नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत पदका लागि आवेदन आवेदन माग गरेको छ ।

मन्त्रालयले गठन गरेको सिफारिस समितिले सार्वजनिक सूचना जारी गर्दै उक्त पदका लागि खुला प्रतिस्पर्धाबाट आवेदन आह्वान गरेको हो ।

मन्त्रालयले यही साउन २६ गतेमित्र कार्यालय समयमा मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा, सिंहदरबारमा आवेदन दिन र आवेदन साथ गोप्य खामबन्दी व्यावसायिक कार्ययोजना समेत पेश गर्न भनिएको छ ।

गण्डकी प्रदेशका दुई हजार ४३१ व्यावसायिक फर्मलाई कानुनी कारबाही

ऐन विपरीत खाद्य पदार्थ उत्पादन-बिक्री गर्ने बाँकेका दुई व्यवसायीलाई जरिवाना र सजाय

लघुवित्त पीडितले थाले आमरण अनसन (तस्बिरहरू)

न्यूनस्तरको खाद्यपदार्थ बिक्री गर्ने चार उद्योगविरुद्ध मुद्दा दर्ता

प्रवेशाज्ञा दस्तुरबापत दुई करोड ६५ लाख ६८ हजार ५३७ राजस्व सङ्कलन

स्वर्णिमको कटाक्ष, ‘हामी राज्यकोष जोगाउन खोज्दैछौँ, प्रधानमन्त्री र ऊर्जामन्त्रीकहाँ सल्लाहकारको लर्को रहेछ

पछिल्लो समय प्रधानमन्त्री वालेन्द्र शाहसँगको सम्बन्धमा दरार आएको चर्चा भइरहेका बेला मंगलबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सल्लाहकारलाई लिएर कडा प्रहार गरेका छन् ।

उनले राष्ट्रिय स्वतन्त्र पार्टीको शक्तिशाली सरकारमै सल्लाहकारहरूको संख्या थुपारेर राज्यकोषमा भार पारिएको भन्दै सार्वजनिक कार्यक्रममै असन्तुष्टि पोखेका हुन्।

राजस्व चुहावट नियन्त्रण र पूँजी बजार विकाससम्बन्धी कार्यक्रमलाई मंगलबार सम्बोधनका क्रममा उनले विगतका सरकारहरूमा सल्लाहकार र स्वकीय सचिवको लर्को लगाएर राज्यकोषमा अनावश्यक भार थपिएको स्मरण गरे। तर वर्तमान सरकारमा पनि त्यही कुरा दोहोरिएको भन्दै उनले प्रधानमन्त्री शाह र ऊर्जामन्त्री विराजभक्त श्रेष्ठको कार्यशैलीमा प्रहार गरे।

वाग्लेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र ऊर्जा मन्त्रालयमा ठूलो संख्यामा सल्लाहकार थोपरिएको उदाहरण दिँदै आफ्नो मन्त्रालय र आफूले अहिले पनि मितव्ययी बनेर राज्यकोष जोगाउने काम गरेको सुनाए । उनले भने, ‘प्रधानमन्त्रीका २७ सल्लाहकार र ऊर्जामन्त्रीका २० सल्लाहकार रहेछन् । तर मेरा सल्लाहकार केबल एकजना मात्रै छन् ।’

रसुवागढी एकीकृत भन्सार भवन निर्माण १० वर्षसम्म अधुरै (तस्बिर)

झापामा घरेलु तथा साना उद्योगबाट करिब साढे दुई करोड राजस्व सङ्कलन

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

दार्चुलामा मध्य चमेलिया जलविद्युत आयोजना निर्माण हुने

यातायात कार्यालय विराटनगरद्वारा ४८ करोडभन्दा बढी राजस्व सङ्कलन

प्रकाशित मिति : १५ श्रावण २०८३, शुक्रबार  ७ : ०८ बजे

फ्रान्स छोड्न आदेशपछि रूसी टिप्पणीकारको विरोध

पेरिस– क्रेमलिन समर्थक प्रचारप्रसार गरेको आरोपमा फ्रान्स छोड्न आदेश दिइएकी

युक्तको शव निकालियो, निम्सदाइसहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर

काठमाडौं- पाकिस्तानको हिमाल ब्रोड पिकमा शुक्रबार उद्धार अभियान अस्थायी रूपमा

‘अदालती पत्रकारितासम्बन्धी मार्गदर्शन’ सार्वजनिक

काठमाडौं– अदालती पत्रकारितालाई केन्द्रित गरेर तयार गरिएको ‘अदालती पत्रकारितासम्बन्धी मार्गदर्शन’

नेपाल–इजरायल सम्बन्ध थप सुदृढ बनाउन सहकार्य विस्तारमा जोड

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनासँग नेपालका लागि इजरायलका