संसद् विघटन दुःखद् बाध्यता : मुख्यमन्त्री राई | Khabarhub Khabarhub

संसद् विघटन दुःखद् बाध्यता : मुख्यमन्त्री राई


६ पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले सङ्घीय संसद्को विघटन नेकपाभित्रको विवादले निम्त्याएको दुःखद् बाध्यता भएको बताएका छन् ।

भद्रपुरस्थित प्रदेश प्रशिक्षण केन्द्र कलबलगुरीको आज उद्घाटन गर्ने क्रममा उनले ‘सुखी नेपाली र समृद्ध नेपाल’को यात्रामा जबर्जस्त अवरोध सिर्जना गरिएका कारण ताजा जनादेशमा जानुपर्ने बाध्यता सिर्जना भएको बताए ।

“बिरालोलाई ढोका थुनेर चुट्दाको परिणाम जे हुन्छ, त्यही अवस्था सिर्जना भयो”, जनताले स्थिर सरकार र विकास निर्माणका कार्यका लागि जनादेश दिँदासमेत केही अस्थिरता चाहनेले समृद्धिको यात्रामा जबर्जस्त अवरोध सिर्जना गरेको चर्चा गर्दै मुख्यमन्त्री राईले भने, “महाधिवेशनबाट नीति र नेतृत्वको छिनोफानो गर्ने सहमति र अभिभारातर्फ जानुपर्नेमा नेकपाभित्र विवाद भयो, अहिले दुःखद् बाध्यता सिर्जना हुनपुग्यो ।”

उनले सङ्घीय संसद् विघटन जनताको चाहना नभए पनि दुःखद् बाध्यता भएको बुझाउन अब जनतामा जानुपर्ने बताए । भद्रपुर नगरपालिका वडा नं १० मा ग्रामीण प्रशिक्षण केन्द्रलाई सङ्घीय सरकारले प्रदेश सरकारलाई हस्तान्तरण गरेपछि यहाँ प्रदेश प्रशिक्षण केन्द्र सञ्चालनमा आएको छ ।

विसं २०१९ मा पञ्चायत प्रशिक्षण केन्द्र नै २०४६ सालको राजनीतिक व्यवस्था परिवर्तनपछि ग्रामीण विकास प्रशिक्षण केन्द्र बनेको थियो । मुलुक सङ्घीयतामा गइसकेपछि अब प्रदेश नं १ का १३७ पालिकाका जनप्रतिनिधि र कर्मचारीको क्षमता अभिवृद्धिका लागि प्रशिक्षण सञ्चालन गरिने केन्द्रका निर्देशक गणेश तिम्सिनाले बताए ।

प्रकाशित मिति : ६ पुस २०७७, सोमबार  १२ : ५५ बजे

फर्निचर उद्योगमा आगलागी

झापा– झापाको अर्जुनधारा नगरपालिका–११ बसपार्कस्थित एक फर्निचर उद्योगमा आगलागी भएको

संरक्षणको अभावमा पोखराको ‘गुँदे ताल’ (तस्बिरहरू) 

पोखरा- पोखरामा रहेका ९ तालमध्येको एक हो, गुँदे ताल । पोखरा

मुगुको कोटडाँडा आसपास केन्द्रविन्दु भएर भूकम्प

काठमाडौं– मुगुको कोटडाँडा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

गलकोटका सबै माध्यमिक तहका विद्यालयमा पानीको सुविधा

बागलुङ– स्रोत प्रसस्त भएर पनि गलकोटका अधिकांश विद्यालयमा पिउने पानीको

दक्षिणी युरोपमा प्रचण्ड गर्मी : बढ्न थाल्यो डढेलोको जोखिम

काठमाडौं – युरोपका धेरै स्थानलाई अहिले तातो हावाको बहावले प्रभावित