जब राजेश हमालले टाउको हल्लाइ हल्लाइ गीत गुनगुनाए… « Khabarhub

जब राजेश हमालले टाउको हल्लाइ हल्लाइ गीत गुनगुनाए…


८ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अभिनेता राजेश हमाल फ्रेस हुनका लागि पोखरा गएका थिए । महानायकको ट्याग पाएका हमाल सामाजिक सञ्जालमा पनि राम्रै अपडेट भइरहेका हुन्छन् । यसै क्रममा हमालले एउटा गीत शेयर गरेका छन्, जुन गीत पछिल्लो समय निकै गुञ्जिने गीतको लिस्टमा पर्छ ।

दिग्गज गायक स्वर्गीय झलकमान गन्धर्वको गीत ‘तिम्रो नै माया लाग्दछ साइँली’ बोलको गीत गुनगुनाएको भिडियो हमालले सामाजिक सञ्जाल फेसबूकमा शेयर गरेका छन् । भिडियो शेयर गर्दै उनले लेखेका छन् – राम्रो गीत ।

भिडियोमा उनले टाउको हल्लाउँदै गीत गुनगुनाएको देख्न सकिन्छ । जसलाई हमालका फ्यानले धेरै तरिकाले लिएका छन् ।

कतिले हमालले गुनगुनाएको यो गीतलाई लिएर रमाइलो मानिरहेका छन् भने कति फ्यानले अब आफूहरुले पनि यस्तै गीत सुन्ने प्रतिक्रिया दिएका छन् । गीतको भिडियोमा महानायक हमालले शब्दलाई गाइरहेको देख्न सकिन्छ ।

यो गीत पछिल्लो समय खोजीखोजी सुनिने गीतमा पर्छ । यो गीत उनका झलकमान गन्धर्वका गीतमध्ये चर्चित गीतमा पर्छ । युट्युबमा यो गीतमा विदेशी र नेपाली गायकले कभर गीतसमेत गाएका छन् ।

भिडियो हेर्नुहोस्:

https://www.facebook.com/rajesh.hamal.5872682/videos/2311625482385629/

प्रकाशित मिति : ८ बैशाख २०७६, आइतबार  ४ : २७ बजे

एमालेले भन्यो : सञ्चारगृहमा गाडी राखेर अवरोध लोकतन्त्र र प्रेस स्वतन्त्रतामाथिको प्रहार

काठमाडौं – नेकपा (एमाले) कान्तिपुर र अनलाइनखबरसहितका सञ्चारमाध्यमअगाडि गाडी तेर्स्याएर

गृहमन्त्रीले भेट्न नमानेपछि सिंहदरबार गेटमै धर्ना बसे बिनु र निहारिका (तस्बिरहरू)

काठमाडौं- न्याय माग्न खोज्दा गृहमन्त्री भेट्न नमानेको भन्दै निहारिका राजपुत

ट्रम्प र नेतान्याहुको पनि ‘आकस्मिक मृत्यु’ हुनसक्ने इरानको चेतावनी

तेहरान- अमेरिकी सिनेटर लिन्जी ग्राहमको आकस्मिक निधनपछि इरानका केही सरकारनिकट

पत्रकारलाई तर्साउन मिडिया हाउसअगाडि ‘सरकारकै मान्छेको योजना’मा शंकास्पद गाडी, छानबिन गर्न माग

काठमाडौं- काठमाडौंका विभिन्न सञ्चार गृह र अनामनगरको भाटभटेनी सुपरमार्केट बाहिर

गण्डकी प्रदेशमा सर्पदंशका बिरामी वृद्धि

मध्यविन्दु- गण्डकी प्रदेशको नवलपरासी (बर्दघाट सुस्तापूर्व) सर्पदंशका घटनाको उच्च जोखिममा